थाहा पाउनुहोस् डकार आउने ८ कारण र ध्यानदिनुपर्ने उपाय « Khabarhub

थाहा पाउनुहोस् डकार आउने ८ कारण र ध्यानदिनुपर्ने उपाय


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरैले डकारलाई सभ्य मानदैनन् । शहर बजारमा हुनेहरु डकारलाई अशोभनिय मान्दछन् । तर खाना खाए पश्चात आउने डकार एक सामान्य जैविक क्रिया हो ।

यो पाचनप्रणलीसंग सम्बन्धित हुने गर्दछ । तर एकदुई पटक डकार आउनु सामान्य भएपनि बारम्बार डकार आएमा यो असामान्य हुने चिकित्सक बताउँछन् ।

चिकित्सकका अनुसार विना कुनै कारण बारम्बार डकार आउनुमा पाचनभन्दा अन्य कारण हुने गर्दछ । डकार आउनुमा चिकित्सकहरु निम्न ८ कारण रहने बताउँछन् ।

यी हुन् डकार आउने ८ कारण
१. गलत खानपान वा अपच हुने खाना खानु डकार आउने कारण मध्ये मुख्य हो ।
२. तारेको वा भुटेको परिकार खादाँ शरीरमा असन्तुलन भई डकार आउने गर्दछ ।
३. अत्यधिक चिसो पेय पदार्थ वा सोडाजन्य पेय खाएमा पनि डकार आउने गर्दछ ।
४. फुलगोभी, गेडागुडी लगायतले पनि पेटमा ग्यास बनाउँने हुदाँ पनि डकार आउनसक्छ ।
५. लामो समयसम्मको कब्जियतको समस्या भएमा पनि डकार आउने गर्दछ ।
६. खाना राम्रोसित नपचेमा अपच भई पनि बारबार डकार आउँने गर्दछ ।
७. खाना खाँदा बिचमा कुरा गर्नेहरुमा पनि डकार आउने गर्दछ ।
८. अत्यधिक चुइगम चपाउने, बोतलबाट पानी पिउनेहरुमा पनि डकार आउने गर्दछ ।

डकारबाट राहत पाउन, खाना खादाँ बिचमा कुरा गर्नु हुदैन । साथै पानि पिउँदा बोतलबाट नपिई गिलासमा थापेर पिउनु पर्छ ।

चिसो पेयको कम मात्रामा प्रयोग गर्नुपर्दछ । सकेसम्म तारेको वा भुटेको परीकार खानु हुदैन । खानालाई मज्जाले चपाएर खाने बानि बसालेमा पनि डकार आउने समस्याबाट राहत मिल्दछ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ८ : ५६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्