प्रदीपको क्रेज: ‘प्रेम गीत ३’ को गीत युट्युबको नम्बर वान ट्रेन्डिङमा [भिडियो] | Khabarhub Khabarhub

प्रदीपको क्रेज: ‘प्रेम गीत ३’ को गीत युट्युबको नम्बर वान ट्रेन्डिङमा [भिडियो]


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘प्रेम गीत ३’ मा समावेश ‘हात्ती ढुंगामा’ नेपालमा युट्युब ट्रेन्डिङको नम्बर एकमा पुगेको छ । फिल्मको गीत रिलिजको दुई दिनमा नम्बर एकमा उक्लेको हो ।

गीतमा सागर आले र मेलिना राईको आवाज सुन्न सकिन्छ । यस्तै गीतका शब्दलाई हर्क साउदले लेखेका हुन् भने कल्याण सिंहले संगीत दिएका हुन् ।

युट्युबमा प्रयोगकर्ताले गीत मन परेको प्रतिक्रिया दिएका छन् । कतिपयले भने यो गीत हिन्दी फिल्म ‘पद्मावत’ मा समावेश एक गीतसँग मिलेको टिप्पणी गरेका छन् ।

मुस्ताङमा खिचिएको यो गीतमा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, सुनील थापा, माओत्से गुरुङ लगायतका कलाकारलाई देख्न सकिन्छ । फरक शैलीको यो गीत धेरैले रुचाएका छन् ।

‘सब प्रफेक्ट छ,’ एक प्रयोगकर्ताले कमेन्ट गरेका छन् । यस्तै अर्का प्रयोगकर्ताको कमेन्ट छ, ‘गीत निकै राम्रो लाग्यो, हामी ट्रेलरको प्रतीक्षामा छौं ।’

एक बन्देज प्रेमकथा भनिएको यो फिल्ममा राजेश श्रेष्ठको छायांकन, वनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन, छेतेन गुरुङ र मन्दिप गौतमको लेखन तथा हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

फिल्ममा मुख्य लगानी सन्तोष सेनको रहेको छ भने निर्देशन निर्माता सेन र छेतेन गुरुङको रहेको छ ।

प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनील थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, जीवन भट्टराई लगायतका कलाकारको अभिनय रहेको यो फिल्म वर्षको प्रतीक्षित फिल्ममध्ये एक हो ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  १२ : २९ बजे

विपन्नलाई निःशुल्क धारा, श्रमिकको स्वास्थ्य बिमा

झापा– मेचीनगर नगरपालिकाले विपन्न परिवारका लागि निःशुल्क खानेपानीको धारा जडान

रातो च्याउको परीक्षण उत्पादन

चितवन– व्यवसायिक किट विकास फार्म भण्डाराले रातो च्याउ (ग्यानोडर्मा)को उत्पादन

निजामती सेवा विधेयक राष्ट्रियसभामा टेबुल

काठमाडौं– संघीय निजामती सेवा विधेयक २०८० राष्ट्रियसभामा टेबुल गरिएको छ

नेतान्याहुको भ्रमणअघि गाजामा ६० दिनको युद्धविराम सम्झौता गर्न ट्रम्पको आग्रह

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हमासलाई गाजामा ६०

किवी खेतीमा किसानको आकर्षण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीमा एक दशकअघि परीक्षणका रुपमा