रातो च्याउको परीक्षण उत्पादन « Khabarhub

रातो च्याउको परीक्षण उत्पादन


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

चितवन– व्यवसायिक किट विकास फार्म भण्डाराले रातो च्याउ (ग्यानोडर्मा)को उत्पादन सुरु गरेको छ । पहिलो पटक फार्मले यो च्याउ उत्पादन सुरु गरेको हो ।

बीउ राखेको ६० दिनदेखि उत्पादन दिन सक्ने यो च्याउ फार्मको च्याउ खेती प्रविधि प्रदर्शनी कार्यक्रम अन्तर्गत उत्पादन गर्न सुरु गरेको हो । कार्यालयका सूचना अधिकारी जीवन सापकोटाले उत्पादन लिन सुरु गरिएको जानकारी दिए । 

उनका अनुसार फार्मले अहिले ६ सयवटा पोकामा यो च्याउको परिक्षण उत्पादन गरेको छ । काठमाडौंबाट ल्याइएको बीउलाई काठको धुलो, चोक्कर, चुन र जिप्सनको मिश्रणगरी बनाइएको पोकामा राखेर यसको परीक्षण गरिएको हो ।  

उनले भने ‘अहिले हामीले दोस्रो चरणको उत्पादन लिई सकेका छौ । अब तेस्रो चरणको उत्पादन लिन तयारी भएको छ ।’

 अहिले नेपाको काठमाडौंमा केही ठाउँमा यो च्याउ उत्पादन हुने गरेको छ । यस च्याउलाई तापक्रम र आद्रता मिलाएर सुकाएर धुलो बनाएर प्रयोग गर्ने गरिएको फार्मकी प्रमुख सुरुचि त्रिपाठीले जानकारी दिए । नसर्ने रोगका बिरामीहरूले यो च्याउ नियमित प्रयोग गर्ने गरेको पाईएको उनले बताए। 

उनले भने ‘यो च्याउमा औषधि जन्य गुणहरू हुने गर्दछ ।’
    
यस च्याउको प्रयोगले उच्च रक्तचापलाई नियन्त्रणमा राख्ने, मधुमेह नियन्त्रणमा सहयोग पुर्‍याउने, क्यान्सर प्रतिरोधी गुण भएको, शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने, डिप्रेसन एबं अनिदोपना हटाउन सहयोग गर्ने गुण भएको त्रिपाठीले बताए। यसकारण यसलाई नसर्ने रोग लागेकाहरू बिहान दिउँसो चिया कफीमा प्रयोग गरेर खाने गरेको उनले जानकारी दिए ।

यसलाई दूध खुवाउँदै गरेको आमा, ५ वर्ष मुनिका बच्चा र शल्यक्रिया गरेर बसेका बिरामीहरूलाई प्रयोग गर्न दिन नहुने भएकाले यसको महत्व र उपयोगिता अध्ययनका लागि पहिलो पटक परीक्षण गरिएको हो । यो च्याउ अहिले नेपालमा विदेशबाट आउने गरेको उनले बताए।
 

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १ : ०३ बजे

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र