मल्टिप्लेक्सले पत्याएन विराज भट्टको ‘साङ्लो’ लाई « Khabarhub

मल्टिप्लेक्सले पत्याएन विराज भट्टको ‘साङ्लो’ लाई


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भोजपुरी फिल्म उद्योगमा समेत हिट फिल्म दिएर नेपाली फिल्म उद्योगमा कमब्याक भएका विराज भट्टको फिल्म ‘साङ्लो’ लाई मल्टिप्लेक्स हलले कम शो दिएका छन् ।

भोलि शुक्रवारदेखि नेपालभर प्रदर्शन हुन लागेको यो फिल्मले सिङ्गल थिएटरमा आक्रामक व्यापार गर्ने अनुमान गरिए पनि मल्टिप्लेक्स हलमा भने शो नै कम पाएको हो ।

जबकि, नेपालमा पछिल्लो समय बढी व्यापार हुने नै मल्टिप्लेक्स हलमा हो ।

विराज भट्टले निर्देशन गरेको फिल्म ‘साङ्लो’ मा भट्टकै शीर्ष भूमिका छ भने निकिता चाण्डकले पनि मुख्य भूमिका निभाएकी छिन् । एक्सन प्याक फिल्म भनिएको हललाई मल्टिप्लेक्स हलमा खासै शो दिइएको छैन । विदेशी एक्सन फिल्मले भने नेपालका हलमा पर्याप्त शो पाउने गरेका छन् ।

मल्टिप्लेक्सको ठूलो चेन भएको हल क्युएफएक्सले फिल्म ‘सेल्फी किङ’ लाई शुक्रवार मात्र नेपालभर ३५ शो दिएको छ । यस्तै फिल्मले राजधानीमा मात्र शुक्रवारलाई २० शो पाएको छ ।

विराजको ‘साङ्लो’ ले भने क्युएफएक्स चेनमा जम्मा ११ शो पाएको छ । त्योमध्ये राजधानीमा ४ शो दिएको छ ।

नेपालमा अन्य मल्टिप्लेक्स हलमा पनि ‘सेल्फी किङ’ लाई पर्याप्त शो दिइएको छ भने ‘साङ्लो’ लाई एक या दुई शो मा सीमित गरिएको छ ।

भोलि शुक्रवारदेखि प्रदर्शनमा आउने फिल्म ‘साङ्लो’ र ‘सेल्फी किङ’ दुवैको चर्चा छ । फिल्म ‘सेल्फी किङ’ ले बुधवार प्रिमियर शो राखेको थियो । फिल्म हेरेर सेलिब्रेटीले मन परेको प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  १ : १७ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि