कांग्रेसको निश्कर्षः अख्तियारको मुद्दा प्रतिशोधपूर्ण र पार्टी माथिको सुनियोजित आक्रमण « Khabarhub

कांग्रेसको निश्कर्षः अख्तियारको मुद्दा प्रतिशोधपूर्ण र पार्टी माथिको सुनियोजित आक्रमण


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ललिता निवास जग्गा प्रकरणमा पार्टीका उपसभापति विजयकुमार गच्छादारमाथि अख्तियारले दायर गरेको मुद्दा राजनीतिक पूर्वाग्रह प्रेरित भएको निष्कर्ष निकालेको छ ।

विहीवार(आज) पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको नेपाली कांग्रेसको पदाधिकारीसहितका शीर्ष नेताहरुको बैठकपछि कांग्रेसले उपसभापति गच्छादारमाथि सरकारले राजनीतिक पूर्वाग्रह राखेको निष्कर्ष निकालेको हो ।

गच्छादारमाथि मुद्दा प्रतिशोध पूर्ण र कांग्रेसमाथिको सुनियोजित आक्रमण रहेको निष्कर्ष बैठकले निकाले हो ।

बैठकमा सहभागी कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले उपसभापति गच्छादारमाथिको मुद्दा प्रतिशोध पूर्ण रहेको निष्कर्ष बैठकले निकालेको खबरहबलाई जानकारी दिए ।

‘ उपसभापति गच्छादारमाथिको मुद्दा प्रतिशोध पूर्ण र कांग्रेसमाथिको सुनियोजित आक्रमण भएको निष्कर्ष बैठकले निकालेको छ’ नेता कार्कीले भने,‘राजनीतिक प्रतिशोध भएका कारण देशव्यापी रुपमा युवा विद्यार्थीलाई यसविरुद्ध डटेर लाग्न आह्वान गर्ने निर्णय भएको छ ।’

तीन बजे भ्रातृसंस्थाहरुसँगको बैठक, सवा चार बजे पत्रकार सम्मेलन गर्दै कांग्रेसले धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवासहित बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति गच्छदार, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, मिनेन्द्र रिजाल, बालकृष्ण खाँण, पुष्पा भुषाल, ज्ञानेन्द्र कार्कीलगायत सहभागी भएको बैठकमा कांग्रेस निकटका कानून व्यवसायी समेत सहभागी थिए ।

छलफलमा कानून व्यवसायीहरु प्रेमबहादुर खड्का, गोपालकृष्ण घिमिरे, शेरबहादुर केसी, सीताराम केसी, योगेन्द्र अधिकारी, लीलामणि पौडेल र एकराज पोखरेल सहभागी थिए ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  १ : २० बजे

सुदूरपश्चिम महोत्सवमा ‘थारू कला प्रदर्शनी घर’

कैलाली– सुदूरपश्चिममा एउटा उत्सवकै रूपमा विकास भइसकेको ‘सुदूरपश्चिम महोत्सव’को १९औँ

प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

केन्द्रीय कमिटी बैठक बोलाएको डेढ घण्टापछि भृकुटीमण्डपमा अध्यक्ष ओली

काठमाडौं – नेकपा (एमाले)को ११ औँ महाधिवेशनको बन्दसत्र रोकेर केन्द्रीय

शिवपुरीमा हराएका तीन जनालाई सेनाले गर्‍यो उद्धार

काठमाडौं – काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र हराएका तीन जनालाई

निरज र जेनिशालाई स्केटिङ उपाधि

काठमाडौं – रुकुमकोटमा पहिलो पटक आयोजना भएको इनडोर स्केटिङ प्रतियोगिताको