कांग्रेसको निश्कर्षः अख्तियारको मुद्दा प्रतिशोधपूर्ण र पार्टी माथिको सुनियोजित आक्रमण « Khabarhub

कांग्रेसको निश्कर्षः अख्तियारको मुद्दा प्रतिशोधपूर्ण र पार्टी माथिको सुनियोजित आक्रमण


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ललिता निवास जग्गा प्रकरणमा पार्टीका उपसभापति विजयकुमार गच्छादारमाथि अख्तियारले दायर गरेको मुद्दा राजनीतिक पूर्वाग्रह प्रेरित भएको निष्कर्ष निकालेको छ ।

विहीवार(आज) पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको नेपाली कांग्रेसको पदाधिकारीसहितका शीर्ष नेताहरुको बैठकपछि कांग्रेसले उपसभापति गच्छादारमाथि सरकारले राजनीतिक पूर्वाग्रह राखेको निष्कर्ष निकालेको हो ।

गच्छादारमाथि मुद्दा प्रतिशोध पूर्ण र कांग्रेसमाथिको सुनियोजित आक्रमण रहेको निष्कर्ष बैठकले निकाले हो ।

बैठकमा सहभागी कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले उपसभापति गच्छादारमाथिको मुद्दा प्रतिशोध पूर्ण रहेको निष्कर्ष बैठकले निकालेको खबरहबलाई जानकारी दिए ।

‘ उपसभापति गच्छादारमाथिको मुद्दा प्रतिशोध पूर्ण र कांग्रेसमाथिको सुनियोजित आक्रमण भएको निष्कर्ष बैठकले निकालेको छ’ नेता कार्कीले भने,‘राजनीतिक प्रतिशोध भएका कारण देशव्यापी रुपमा युवा विद्यार्थीलाई यसविरुद्ध डटेर लाग्न आह्वान गर्ने निर्णय भएको छ ।’

तीन बजे भ्रातृसंस्थाहरुसँगको बैठक, सवा चार बजे पत्रकार सम्मेलन गर्दै कांग्रेसले धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवासहित बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति गच्छदार, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, मिनेन्द्र रिजाल, बालकृष्ण खाँण, पुष्पा भुषाल, ज्ञानेन्द्र कार्कीलगायत सहभागी भएको बैठकमा कांग्रेस निकटका कानून व्यवसायी समेत सहभागी थिए ।

छलफलमा कानून व्यवसायीहरु प्रेमबहादुर खड्का, गोपालकृष्ण घिमिरे, शेरबहादुर केसी, सीताराम केसी, योगेन्द्र अधिकारी, लीलामणि पौडेल र एकराज पोखरेल सहभागी थिए ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  १ : २० बजे

रसुवा जाने वैकल्पिक बाटोमा सास्ती (तस्बिरहरु)

रसुवा– भोटेकोसी नदीमा आएको बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि

एसीसी प्रिमियर कप : बहराइनले नेपाललाई दियो ८८ रनको लक्ष्य

काठमाडौँ– एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र बहराइनबीच प्रतिस्पर्धा भइरहेको

बिदुरमा राहत सामग्री देखाएर फोटो खिच्नेको भीड छ, अन्यत्रका बाढीपीडित भोकै छन् : स्वास्थ्यकर्मी भट्टराई

नुवाकोट– गत बुधबार भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको

त्रिशूली–३ ‘बी’को क्याम्प लेदोले पुरिँदा ४३ जना सम्पर्कविहीन, उद्धारमा ढिलाइ नगर्न माग

काठमाडौँ– अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा भदौ १०

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ– रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ