भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी महायज्ञ आयोजना हुँदै, ३ लाख भारतीय पर्यटक नेपाल भित्रने अनुमान « Khabarhub

भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी महायज्ञ आयोजना हुँदै, ३ लाख भारतीय पर्यटक नेपाल भित्रने अनुमान


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मौलापुर– पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रौतहटको मौलापुर नगरपालिकाले फागुन ५ र ६ गते पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा “मधानी महायज्ञ – २०७६” आयोजना हुँदैछ ।

नगरपालिकाको ५ नम्बर वडा पतौरास्थित मन्दिर प्राङ्गणमा हुने उक्त महायज्ञ भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजना गर्न लागिएको हो । आयोजक मौलापुर नगरपालिकाले यस अवसरमा कम्तीमा पनि ३ लाख भारतीय पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

यस क्षेत्रको ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले आयोजना हुन गईरहेको महायज्ञमा राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष आतिथ्यता रहनेछ ।

आयोजकका अनुसार फागुन ६ गते राष्ट्रपति भण्डारीले उक्त महायज्ञमा विशेष पुजा अनुष्ठान गर्नेछिन् । पशुपतिनाथ मन्दिरका मुल भट्टद्वारा मन्त्रोचारण गराई राष्ट्रपति भण्डारीले पुजा गर्ने कार्यक्रम रहेको छ ।

फागुन ४ गते शिवलिला प्रदर्शन, ५ गते महायज्ञ शुभारम्भ तथा नेपाली कलाकारहरुको सांस्कृतिक प्रस्तुतिको कार्यक्रम रहेको छ । फागुन ६ गते भण्डारीबाट विशेष पुजा तथा नेपाली एवम् विदेश लोकप्रिय कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रमसहित दर्जनौ क्रियाकलाप आयोजना हुने बताइएको छ ।

महायज्ञको सहआयोजक एस राज प्रोडक्सनसको सन्तोष राज सहनीका अनुसार भोजपुरी सिनेमा क्षेत्रका चर्चित नायक तथा गायक दिनेशलाल यादव निरहुआ, नायिका आम्रपाली दुबे, गायिका ईन्दु सोनाली तथा नेपाली कलाकारहरु केकी अधिकारी, निखिल उप्रेतीलगायतको सांस्कृतिक प्रस्तुति रहनेछ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  २ : ०३ बजे

टायर पन्चर भएर माइक्रो बस दुर्घटना: वृद्ध दम्पत्तीसहित ६ जना घाइते

कावासोती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को कावासोती

लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान

रूपन्देही– लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु

ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ

वीरगन्ज – पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णा प्रणामी चोकबाट

रौतहटको विजयपुरस्थित एक घरमा आगलागी (तस्बिरसहित)

रौतहट– रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवास्थित एक घरमा आगलागी भएको

को हुन् काठमाडौँ आइपुगेका जमजम ब्रदर्स ?

काठमाडौँका सडकमा अहिले दुई यस्ता भाइ देखिएका छन्, जसलाई धेरै