गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको विरोधमा कांग्रेसद्वारा सदन अवरोध « Khabarhub

गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको विरोधमा कांग्रेसद्वारा सदन अवरोध


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफ्नो नेतामाथि भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता भएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गरेको छ ।

संसदीय दलका उपनेता एवम् उपसभापति विजयकुमार गच्छदारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएको भन्दै कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक शुरु भएको घोषणा गर्नेवित्तिकै नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

कांग्रेसका तर्फबाट सभामुखले सचेतक पुष्पा भुसाललाई बोल्ने समय दिएका थिए । कांग्रेस नेतृ एवम् सचेतक भुसालले गच्छदारमाथि प्रतिशोधका आधारमा मुद्दा चलाइएको भन्दै अख्तियारजस्तो संवैधानिक आयोग सरकारको लाचार छायाँ बनेको बताइन् ।

संसदीय व्यवस्थामा प्रधानमन्त्रीको स्वीकृतमा मन्त्रिपरिषदबाट निर्णय हुने भएपनि तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाललाई अन्मुक्ति दिएर नेपालको क्याबिनेटमा मन्त्री रहेका गच्छदारलाई मुद्दा चलाइएको भुसालको भनाइ थियो ।

कांग्रेस सांसदको अवराेध पछि सभामुख सापकोटाले भोलि (शुक्रबार) दिनको १ बजे बस्ने गरी स्थगित भएको घोषणा गरे ।

बालुवाटारको ललिता निवास निवास कम्पाउण्डमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जना विरुद्ध मुद्दा दायर गरेको छ ।

जसमा ११० जनाले भ्रष्टाचार गरेको दाबी गरिएको छ भने ६५ जनालाई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ ।

अख्तियारले नेपाली कांग्रेसका उपसभापति गच्छदारविरुद्ध ९ करोड ६५ लाख रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गच्छदारले ०६७ सालमा भौतिक योजना तथा निर्माणमन्त्री हुँदा भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  २ : १० बजे

झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी– झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क