गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको विरोधमा कांग्रेसद्वारा सदन अवरोध « Khabarhub

गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको विरोधमा कांग्रेसद्वारा सदन अवरोध


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफ्नो नेतामाथि भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता भएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गरेको छ ।

संसदीय दलका उपनेता एवम् उपसभापति विजयकुमार गच्छदारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएको भन्दै कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक शुरु भएको घोषणा गर्नेवित्तिकै नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

कांग्रेसका तर्फबाट सभामुखले सचेतक पुष्पा भुसाललाई बोल्ने समय दिएका थिए । कांग्रेस नेतृ एवम् सचेतक भुसालले गच्छदारमाथि प्रतिशोधका आधारमा मुद्दा चलाइएको भन्दै अख्तियारजस्तो संवैधानिक आयोग सरकारको लाचार छायाँ बनेको बताइन् ।

संसदीय व्यवस्थामा प्रधानमन्त्रीको स्वीकृतमा मन्त्रिपरिषदबाट निर्णय हुने भएपनि तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाललाई अन्मुक्ति दिएर नेपालको क्याबिनेटमा मन्त्री रहेका गच्छदारलाई मुद्दा चलाइएको भुसालको भनाइ थियो ।

कांग्रेस सांसदको अवराेध पछि सभामुख सापकोटाले भोलि (शुक्रबार) दिनको १ बजे बस्ने गरी स्थगित भएको घोषणा गरे ।

बालुवाटारको ललिता निवास निवास कम्पाउण्डमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जना विरुद्ध मुद्दा दायर गरेको छ ।

जसमा ११० जनाले भ्रष्टाचार गरेको दाबी गरिएको छ भने ६५ जनालाई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ ।

अख्तियारले नेपाली कांग्रेसका उपसभापति गच्छदारविरुद्ध ९ करोड ६५ लाख रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गच्छदारले ०६७ सालमा भौतिक योजना तथा निर्माणमन्त्री हुँदा भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  २ : १० बजे

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन