चीनमा रहेका नेपालीका आफन्त र स्वास्थ राज्य मन्त्रीबीच छलफल « Khabarhub

चीनमा रहेका नेपालीका आफन्त र स्वास्थ राज्य मन्त्रीबीच छलफल


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा रहेका नेपालीका अभिभावकले आफन्तहरूको तत्काल उद्धार गर्न माग गर्दै स्वास्थ्य मन्त्रालय घेराउ गरेका छन् ।

बिहीबार दिउँसो स्वास्थ्य मन्त्रालय पुगेका उनीहरुले आफन्तलाई तत्काल उद्धार गरी नेपाल ल्याउन माग गरेका हुन् ।

मन्त्रालयमा पुगेका उनीहरुले चीनमा आफ्ना छोराछोरीले सुरक्षित नभएको भन्दै तत्काल उद्धारको माग गरेका हुन् । स्वास्थ्य राज्य मन्त्री नवराज रावतसँगको भेटवार्ताका लागि उनीहरु मन्त्रालय पुगेका थिए ।

त्यसक्रममा उनीहरुले आफ्ना छोराछोरीलाई कोरोना हुनु भन्दा पहिलानै नेपाल ल्याइदिन माग गरेका छन् ।

करिव आधा घण्टा बाहिर धर्ना दिएपछि चीनमा रहेका नेपालीका आफन्तले स्वास्थ्य राज्य मन्त्रीलाई भेट्न पाएका छन् । त्यक्रममा उनीहरुले चीनमा रहेका आफ्ना छोराछोरीलाई तत्काल स्वदेश ल्याउने व्यवस्था मिलाउन माग गरेका थिए ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ४ : ०९ बजे

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गा धनि प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट दश अर्ब राजस्व सङ्कलन

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा १०

राष्ट्र बैंकबाट भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ– नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’ खोल्ने

केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल