चीनमा रहेका नेपालीका आफन्त र स्वास्थ राज्य मन्त्रीबीच छलफल « Khabarhub

चीनमा रहेका नेपालीका आफन्त र स्वास्थ राज्य मन्त्रीबीच छलफल


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा रहेका नेपालीका अभिभावकले आफन्तहरूको तत्काल उद्धार गर्न माग गर्दै स्वास्थ्य मन्त्रालय घेराउ गरेका छन् ।

बिहीबार दिउँसो स्वास्थ्य मन्त्रालय पुगेका उनीहरुले आफन्तलाई तत्काल उद्धार गरी नेपाल ल्याउन माग गरेका हुन् ।

मन्त्रालयमा पुगेका उनीहरुले चीनमा आफ्ना छोराछोरीले सुरक्षित नभएको भन्दै तत्काल उद्धारको माग गरेका हुन् । स्वास्थ्य राज्य मन्त्री नवराज रावतसँगको भेटवार्ताका लागि उनीहरु मन्त्रालय पुगेका थिए ।

त्यसक्रममा उनीहरुले आफ्ना छोराछोरीलाई कोरोना हुनु भन्दा पहिलानै नेपाल ल्याइदिन माग गरेका छन् ।

करिव आधा घण्टा बाहिर धर्ना दिएपछि चीनमा रहेका नेपालीका आफन्तले स्वास्थ्य राज्य मन्त्रीलाई भेट्न पाएका छन् । त्यक्रममा उनीहरुले चीनमा रहेका आफ्ना छोराछोरीलाई तत्काल स्वदेश ल्याउने व्यवस्था मिलाउन माग गरेका थिए ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ४ : ०९ बजे

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं