बालुवाटार जग्गा प्रकरणमा सरकारले कसैलाई भेदभाव गरिएको छैन : मन्त्री बाँस्कोटा « Khabarhub

बालुवाटार जग्गा प्रकरणमा सरकारले कसैलाई भेदभाव गरिएको छैन : मन्त्री बाँस्कोटा


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरण लाल र श्वेत फित्ताको कुरा नभई कानूनी कुरा भएको बताएका छन् ।

बिहीवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले सरकारले कसैलाई भेदभाव नगरेको बताए ।

उनले भने, ‘यहाँ लाल फित्ताधारी र श्वेत फित्ताधारीको व्यवहार भएको छैन। यो कानुन प्रयोजनको कुरा हो।’

उनले बालुवाटार जग्गा प्रकरणमा अब सरकारको काम सकिएको मन्त्री बाँस्कोटाले बताए ।

“बालुवाटार प्रकरणमा एक प्रकारले भन्ने हो भने सरकारको काम सकिएको छ । अब अदालतमा गएको छ, अदालतले जे फैसला गर्छ सरकारले त्यही कार्यान्वयन गर्ने हो,” उनले भने, “पूर्वाग्रहको कुरा छैन । आरोपित हुँदैमा बेहोर्नुपर्दैन, भोलि प्रमाणित नभएमा सरकराले फेरि समातेर जेल हाल्दैन । दोषी देखिए सरकारको के लाग्छ त बाबा !”

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ४ : २९ बजे

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या

४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४