आईसीसी विश्वकप लिग २ मा ओमानको लगातार दोस्रो जीत | Khabarhub Khabarhub

आईसीसी विश्वकप लिग २ मा ओमानको लगातार दोस्रो जीत


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग २ मा अन्तरगत काठमाडौंमा जारी त्रिकोणात्मक शृङ्खलामा ओमानले लगातार दोस्रो जीत हात पारेको छ ।

बिहीबार किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा ओमानले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको २ सय १४ रनको लक्ष्य ओमानले ४९ ओभर ३ बलमा ४ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो ।

अमेरिकाविरुद्ध ओमानका दुई ब्याट्सम्यानले अर्धशतक बनाएका थिए । अक्वि इल्यास र मोहम्मद नादेम अमेरिकाका बलरमाथि हावी भएका थिए ।

ओमानका लागि अक्विब इल्यासले अर्धशतकसहित ७२ रन बनाएका थिए । उनले ११० बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै, मोहम्मद नादेमले अर्धशतकसहित ५५ रन बनाएका थिए । यस्तै, खबार अलिले ३१ रन र सुरज कुमारले २७ रन बनाएका थिए ।

ओमानविरुद्ध रट्री थेरम, नेत्र भल्कार, इआन होल्यान्ड र स्टेभन टेलरले समान एक–एक विकेट लिएका थिए । यसअघि पहिलो ब्याटिङ गरेका अमेरिकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १३ रन बनाएको थियो ।

अमेरिकाका इआन होल्यान्डले अर्धशतकसहित सर्वाधिक रन बनाएका थिए । उनले ७८ बलको सामना गर्दै ७ चौकाको मद्दतमा ६५ रन बनाएका थिए ।

यस्तै, होमराजले ३ चौका र २ छक्काको मद्दतमा ४४ रन बनाए । मोनाङ्क पटेलले १९ रन, जेभियर मार्सलले १३ रन बनाए ।

अमरिकाविरुद्ध ओमानका मोहम्मद नादेमले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए भने जेसन मक्सुद र अक्विब इआसी र बिलाल खानले समान २–२ विकेट लिए । यस्तै, ओमानका कलिमउल्लाहले एक विकेट लिए ।

जीतसँगै ओमानले लिग २ मा अमेरिकासँग १२ अंक बराबरी गरेको छ ।

अब शनिबार नेपाल र अमेरिकाबीचको खेल हुनेछ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ५ : ०७ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग