आईसीसी विश्वकप लिग २ मा ओमानको लगातार दोस्रो जीत « Khabarhub

आईसीसी विश्वकप लिग २ मा ओमानको लगातार दोस्रो जीत


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग २ मा अन्तरगत काठमाडौंमा जारी त्रिकोणात्मक शृङ्खलामा ओमानले लगातार दोस्रो जीत हात पारेको छ ।

बिहीबार किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा ओमानले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको २ सय १४ रनको लक्ष्य ओमानले ४९ ओभर ३ बलमा ४ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो ।

अमेरिकाविरुद्ध ओमानका दुई ब्याट्सम्यानले अर्धशतक बनाएका थिए । अक्वि इल्यास र मोहम्मद नादेम अमेरिकाका बलरमाथि हावी भएका थिए ।

ओमानका लागि अक्विब इल्यासले अर्धशतकसहित ७२ रन बनाएका थिए । उनले ११० बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै, मोहम्मद नादेमले अर्धशतकसहित ५५ रन बनाएका थिए । यस्तै, खबार अलिले ३१ रन र सुरज कुमारले २७ रन बनाएका थिए ।

ओमानविरुद्ध रट्री थेरम, नेत्र भल्कार, इआन होल्यान्ड र स्टेभन टेलरले समान एक–एक विकेट लिएका थिए । यसअघि पहिलो ब्याटिङ गरेका अमेरिकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १३ रन बनाएको थियो ।

अमेरिकाका इआन होल्यान्डले अर्धशतकसहित सर्वाधिक रन बनाएका थिए । उनले ७८ बलको सामना गर्दै ७ चौकाको मद्दतमा ६५ रन बनाएका थिए ।

यस्तै, होमराजले ३ चौका र २ छक्काको मद्दतमा ४४ रन बनाए । मोनाङ्क पटेलले १९ रन, जेभियर मार्सलले १३ रन बनाए ।

अमरिकाविरुद्ध ओमानका मोहम्मद नादेमले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए भने जेसन मक्सुद र अक्विब इआसी र बिलाल खानले समान २–२ विकेट लिए । यस्तै, ओमानका कलिमउल्लाहले एक विकेट लिए ।

जीतसँगै ओमानले लिग २ मा अमेरिकासँग १२ अंक बराबरी गरेको छ ।

अब शनिबार नेपाल र अमेरिकाबीचको खेल हुनेछ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ५ : ०७ बजे

पूर्वानुमानमा आधारित विपद् प्रतिकार्यलाई स्थानीय तहसम्म संस्थागत गर्ने प्रतिबद्धता

सुदूरपश्चिम– सुदूरपश्चिममा जलवायु उत्थानशीलता तथा विपद् पूर्वानुमानमा आधारित प्रतिकार्यलाई स्थानीय

‘आर्यघाटमा अन्तिम संस्कार गर्न विपन्नलाई आर्थिक संकट, निःशुल्क वा सहज व्यवस्था गरौँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका सङ्ग्रौलाले पशुपति आर्यघाटजस्ता स्थलहरूमा विपन्न

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन सांसदको जोड

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउनुपर्नेमा सांसदले जोड

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम गराउन रुलिङको माग

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सांसदहरूसँगको

रास्वपा सांसदलाई खुश्बुको सुझाव- ३५ वर्षमा के भयो भन्ने प्रश्न नसोध्नुस्, अब काम गरेर देखाउनुस्

काठमाडौं– राप्रपा सांसद खुश्बु ओलीले विगत ३५ वर्षमा हुन नसकेका