साउथ स्टार विजयको घरमा छापा, ६५ करोड जफत « Khabarhub

साउथ स्टार विजयको घरमा छापा, ६५ करोड जफत


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – दक्षिण भारतीय स्टार विजय कर छलीको आरोपमा विवादमा फसेका छन् । हालै तमिल नाडुमा एक फिल्मको छायांकनमा रहेका विजयको घरमा इनकम ट्याक्सका अधिकारीले छापा मारेका छन् ।

छापा मारेपछि विजयले फिल्मको छायांकन बीचमै छोड्नुपरेको छ ।

भारतीय मिडियाका अनुसार रेड (छापा) मारेर ६५ करोड भारु जफत गरिएको छ । विजयको पछिल्लो फिल्म ‘बिजिल’ का एक सदस्यबाट यो रकम जफत गरिएको हो । यो रकम दुई अलग–अलग ठाउँबाट जफत गरिएको बताइएको छ ।

यसमा ५० करोड चेन्नईबाट र १५ करोड मदुरेबाट जफत गरिएको हो । इनकम ट्याक्स डिपार्टमेन्टले एजीएस इन्टरटेनमेन्ट, एजीएस सिनेमाज, एजीएस ग्रुपमाथि निगरानी गर्दै अभिनेता विजय र लगानीकर्ता अन्बु छेजियानको घरमा समेत छापा मारेको हो ।

भारतीय मिडियाका अनुसार उक्त रेड एजीएस ग्रुपलाई टार्गेट गरेर २० वटाभन्दा बढी स्थानमा एकसाथ हानिएको थियो ।

रिपोर्टसका अनुसार विजयसँग सोधपुछ चलिरहेको छ । एजीएस सिनेमाजलाई कर छलीको आरोप लागेको छ । यो ब्यानरले विजयलाई लिएर फिल्म ‘बिजिल’ बनाएको थियो ।

यो फिल्मले विश्वभरबाट ३ सय करोड भारु भन्दा बढी कमाइ गरेको थियो । कर अधिकृतले फिल्मको कमाइबाट कर छली गरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ५ : ४५ बजे

जडीबुटी कम्पनीका मासिक ज्यालादारी कर्मचारी आन्दोलित, १० दिनदेखि उत्पादन बन्द 

काठमाडौं– सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका मासिक ज्यालादारी कर्मचारी

जलवायु र विपद् अध्ययन गर्न गठित समितिको नेतृत्वमा पराजुली

 काठमाडौं – जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्का विषयमा अध्ययन

देशभरका ७ हजार प्रतिनिधिले कसरी चुन्दै छन् कांग्रेसको नयाँ नेतृत्व ? 

काठमाडौं– नेपाली राजनीतिमा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसले यही असोज

बुर्किना फासोमा पहिलो सुन प्रशोधन केन्द्र सञ्चालन, कच्चा सुन निर्यातमा रोक लगाउने राष्ट्रपतिको घोषणा

काठमाडौं– बुर्किना फासोले आफ्नो आर्थिक सार्वभौमसत्ता सुदृढ गर्ने लक्ष्यका साथ

स्वदेश फर्कियो कास्य विजेता नेपाली महिला कबड्डी टोली

काठमाडौं– २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला