लुम्बिनी विकास बैंकद्वारा श्री प्रगती माध्यामिक विद्यालयलाई कम्पयुटर हस्तान्तरण « Khabarhub

लुम्बिनी विकास बैंकद्वारा श्री प्रगती माध्यामिक विद्यालयलाई कम्पयुटर हस्तान्तरण


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बुटवल उपमहानगरपालिका वडा नं ११ प्रगतीनगर, स्थित श्री प्रगती माध्यामिक विद्यालयलाई कम्पयुटर हस्तान्तरण गरेको छ ।

कम्प्युटर शिक्षाको ब्यबहारिक शिक्षाका लागि सहयोग स्वरुप माघ २३ गते गते ५ थान कम्पयुटर विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

उक्त कम्पयुटर बैँकका मुख्य प्रबन्धक दिपक खनालले विद्यालयका प्रधानाध्यापक शिव कुमारी अर्याल लाई एक समारोहका बिच हस्तान्तरण गरे । त्यस अवसरमा बैंकको तर्फ बाट भैरहवा शाखा प्रबन्धक शंकर पाण्डे र बुटवल शाखा प्रबन्धक चन्द्र बहादुर सरु को उपस्थिती रहेको थियो भने बिद्यालयको तर्फ बाट प्रमुख सल्लाहकार जित बहादुर मल्ल, ब्यबस्थापन समिति का सदस्य श्री इन्द्र बहादुर राइ ,पुर्ब का.बा. अध्यक्ष राजेश बुढाथोकी, सल्लाहकार बिर बहादुर कुवर र शिक्षक तथा बिद्यार्थी हरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दैे जिवन उपयोगी शिक्षाको ज्योती फैलाउदै समग्र देशको समुन्नतीको लागी योग्य जनशक्तिको आधार तयार गर्दै आएका विद्यालयहरुलाई विभिन्न किसिमले सक्दो सहयोग गर्दै जाने बैंकका मुख्य प्रबन्धक खनालले बताए ।

बैंक ले मिति २०७६ साल पौष २९ गते १२ औं वार्षिक साधारण सभा सम्पन्न गरी २०७५÷७६ सम्मको सञ्चित मुनाफाबाट असार मसान्तसम्म कायम सेयर पुँजीको ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभाशं वितरण गर्ने निर्णय पारित गरेको थियो । उक्त बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ७१ करोड ६३ लाख पुगेको छ ।

लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ६६ शाखाहरु र १६ वटा एटिएमबाट आफ्ना करिब २ लाख ५० हजार ग्राहक महानुभावहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधि सहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ५ : ३७ बजे

काठमाडौं–दुबई उडान आज रातिदेखि पुनः सञ्चालनमा

काठमाडौं- फ्लाई दुबईले बुधबार रातिदेखि दुबई–काठमाडौं–दुबई उडान पुनः सञ्चालन गर्ने

मध्यपूर्वको युद्धमा बालबालिकाको थप क्षति हुनुहुँदैन : राष्ट्रसङ्घ

जेनेभा– बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिले मध्यपूर्वको युद्धको क्रममा इरानी

भरतपुर माविलाई बनाइयो नमूना मतदानस्थल

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि चितवनस्थीत भरतपुर माविलाई नमूना

६ प्रकारका सरकारी कागजातमध्ये एक सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र

मध्यपूर्वको परिस्थितिका कारण नेपालमा आयोजना हुने लिग-२ का खेलहरू स्थगित

काठमाडौं- नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप लिग-२