लुम्बिनी विकास बैंकद्वारा श्री प्रगती माध्यामिक विद्यालयलाई कम्पयुटर हस्तान्तरण | Khabarhub Khabarhub

लुम्बिनी विकास बैंकद्वारा श्री प्रगती माध्यामिक विद्यालयलाई कम्पयुटर हस्तान्तरण


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बुटवल उपमहानगरपालिका वडा नं ११ प्रगतीनगर, स्थित श्री प्रगती माध्यामिक विद्यालयलाई कम्पयुटर हस्तान्तरण गरेको छ ।

कम्प्युटर शिक्षाको ब्यबहारिक शिक्षाका लागि सहयोग स्वरुप माघ २३ गते गते ५ थान कम्पयुटर विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

उक्त कम्पयुटर बैँकका मुख्य प्रबन्धक दिपक खनालले विद्यालयका प्रधानाध्यापक शिव कुमारी अर्याल लाई एक समारोहका बिच हस्तान्तरण गरे । त्यस अवसरमा बैंकको तर्फ बाट भैरहवा शाखा प्रबन्धक शंकर पाण्डे र बुटवल शाखा प्रबन्धक चन्द्र बहादुर सरु को उपस्थिती रहेको थियो भने बिद्यालयको तर्फ बाट प्रमुख सल्लाहकार जित बहादुर मल्ल, ब्यबस्थापन समिति का सदस्य श्री इन्द्र बहादुर राइ ,पुर्ब का.बा. अध्यक्ष राजेश बुढाथोकी, सल्लाहकार बिर बहादुर कुवर र शिक्षक तथा बिद्यार्थी हरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दैे जिवन उपयोगी शिक्षाको ज्योती फैलाउदै समग्र देशको समुन्नतीको लागी योग्य जनशक्तिको आधार तयार गर्दै आएका विद्यालयहरुलाई विभिन्न किसिमले सक्दो सहयोग गर्दै जाने बैंकका मुख्य प्रबन्धक खनालले बताए ।

बैंक ले मिति २०७६ साल पौष २९ गते १२ औं वार्षिक साधारण सभा सम्पन्न गरी २०७५÷७६ सम्मको सञ्चित मुनाफाबाट असार मसान्तसम्म कायम सेयर पुँजीको ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभाशं वितरण गर्ने निर्णय पारित गरेको थियो । उक्त बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ७१ करोड ६३ लाख पुगेको छ ।

लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ६६ शाखाहरु र १६ वटा एटिएमबाट आफ्ना करिब २ लाख ५० हजार ग्राहक महानुभावहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधि सहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ५ : ३७ बजे

उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो

प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

११ महिनामा सात अर्ब ८१ करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा सात

विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै

धनगढी– बाजुराको बडीमालिका नगरपालिका– २ स्थित सत्यवादी माध्यामिक विद्यालयले सुरु गरेको

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ मर्स्याङ्दी