भरतपुर माविलाई बनाइयो नमूना मतदानस्थल « Khabarhub

भरतपुर माविलाई बनाइयो नमूना मतदानस्थल


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि चितवनस्थीत भरतपुर माविलाई नमूना मतदानस्थल बनाइएको छ ।

मतदानको लागि चितवन क्षेत्र नम्बर २ स्थीत भरतपुर माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा सबै निर्वाचन कर्मचारी र सुरक्षाकर्मी महिला रहेका छन् ।

मतदानस्थलमा सबै काम महिला कर्मचारीबाटै हुने मतदान अधिकृत सुशीला वाग्लेले बताइन् । 

उक्त नमुना मतदान स्थलमा मतदान केन्द्र निर्माण देखि मतदान सम्पन्न गर्ने सम्पूर्ण काम महिला कर्मचारी र महिला सुरक्षाकर्मीले गर्नेछन् । 

उक्त मतदान स्थलमा २४ जना महिला कर्मचारी र २७ महिला निर्वाचन सुरक्षाकर्मीहरू रहेको मतदान अधिकृत वाग्लेले बताइन् । 

निर्वाचनको आवश्यक प्रक्रिया पूरा गरिसकेको र तोकेको समयमा नै मतदान गर्ने तयारीमा रहेको उनले जानकारी दिइन् ।

उक्त मतदानस्थलमा विगतका पनि महिला कर्मचारी र सुरक्षाकर्मीले नै निर्वाचन गराएका थिए ।

चितवनको १ सय ६२ मतदान स्थल मध्ये भरतपुर माविको मतदान स्थल मात्र महिला कर्मचारी र सुरक्षाकर्मीले मतदान गराउने नमुना स्थलको रूपमा रहेको छ । 

उक्त मतदान स्थलमा करिब ३ हजार ७ सय मतदाताले मतदान गर्नेछन् । 

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ४ : ५९ बजे

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान