तीन दिन बित्दा पनि उठेन वडाध्यक्षको शव | Khabarhub Khabarhub

तीन दिन बित्दा पनि उठेन वडाध्यक्षको शव


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पद्मबहादुर धामीको शव फेलापरेको तीन दिन भइसक्दा परीक्षण हुन सकेको छैन । धामीको २१ गते बिहान गैरीगाउँस्थित गोठछानामा शव फेला परेको थियो ।

हत्याराको पत्ता नलागेसम्म शव उठाउन नदिने आफन्तको अडानका कारण शवको परीक्षण हुन नसकेको हो ।

“घटनाको मुचुल्का बनाएर शव परीक्षण गरी थप अनुसन्धान अगाडि बढाउने विषयमा छलफल भइरहेको छ”, जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भने, “अहिले पनि नगर प्रमुख, उपप्रमुख, पीडित पक्षसहित स्थानीय अगुवाको टोली छलफलमा छ ।”

बुधबार बिहानदेखि नै स्थानीयवासी घटनाको सत्यतथ्य छानविन र दोषी पत्ता लगाउन माग गर्दै आन्दोलन गरिरहेका छन् । आन्दोलन रोकेर शव परीक्षण गरी अनुसन्धान अघि बढाउने विषयमा पटकपटक छलफल चले पनि निष्कर्ष निस्किएको छैन ।

हत्याको विरोधमा बुधबार बिहानैदेखि विनायकबजार पूर्णरुपमा बन्द रहेको छ भने आज पनि विनायकमा प्रदर्शन जारी छ । प्रदर्शनका कारण मध्यपहाडी लोकमार्गमा सवारी आवागमन बन्द भएको छ ।

आफन्तले हत्यारा पत्ता लगाउन प्रहरी प्रशासनले ढिलाइ गरेको भन्दै आज पनि विनायक बजार बन्द गरेका हुन् ।

प्रहरीले सिआइबीको विशेष टोली, तालीमप्राप्त कुकुर परिचालन र फोन कल रेकर्डिङका माध्यमबाट अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता अवस्थीले जानकारी दिए ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ७ : ३३ बजे

नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत

नवलपरासी – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग

भोलिदेखि वर्षाको मात्रा बढ्ने

काठमाडौं – न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय