आगामी तीन दिन हावाहुरी, चट्याङ र असिनाको सम्भावनाः मौसम विभाग « Khabarhub

आगामी तीन दिन हावाहुरी, चट्याङ र असिनाको सम्भावनाः मौसम विभाग


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले केही दिन मुलुकका केही स्थानमा मेघ गर्जन/ चट्याङ/ हावाहुरी/ असिना सहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभावका कारण मेघ गर्जन/ चट्याङ/ हावाहुरी/ असिना सहित वर्षाको सम्भावना रहेको जनाएको हो ।

विभागले हाल देशको मध्य तथा पूर्वी भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको जनाएको छ । विभागले उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउ समेत अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन २३ गते (शुक्रबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका केही स्थानहरुमा साथै मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ/ हावाहुरी/ असिना सहित वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिः देशको पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली रहने साथै मध्य तथा पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रहि देशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ/ हावाहुरी/ असिना सहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

फागुन २४ गते (शनिबार)

दिउँसोः देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्/ हावाहुरी/ असिना सहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

रातिः देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पूर्वी पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदलि रहनेछ। देशको पश्चिमी भु-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी भु-भागका एक/दुई स्थानमा मेघ गर्जन/ चट्याङ/ सहित वर्षाको सम्भावना रहेको छ। पूर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ।

फागुन २५ गते (आइतबार)

दिउँसोः देशको पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेनेछ। पूर्वी पहाडी भू-भागका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातिः देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ७ : ०१ बजे

आजका समाचार : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, मनाइयो इद, मौसममा सुधार हुँदै र अमेरिकाले इरानमाथिको दबाब घटाउने

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थाननेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर

उराँव समुदायले मनाए सरहुल पर्व

इनरुवा (सुनसरी)- सदरमुकाम इनरुवासहित सुनसरी जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका