८० रुपैयाँ पर्ने माक्स ४५० मा किनबेच ! « Khabarhub

८० रुपैयाँ पर्ने माक्स ४५० मा किनबेच !


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको सम्भावित संक्रमणाट बच्न मास्कको माग बढेसँगै कालोबजारी सुरु भएको छ।

मास्कको कालोबजारीका कारण पोखरा र नेपालगञ्जका बजारमा अस्वाभाविक मूल्य तिर्नु परेको गुनासो उपभोक्ताले गरेका छन्।

माग बढेसँगै औषधि पसलेले अस्वाभाविक मूल्य बढाएर बेच्न थालेका हुन्। कृत्रिम अभाव सिर्जना गरी महँगोमा मास्क बेचेर रातारात पैसा कमाउने व्यापारीको समूह यस धन्दामा लागेको समाचार नागरिक दैनिकमा छ।

पोखराका औषधि पसलेले १० रुपैयाँ पर्ने मास्कलाई ३० र ८० रुपैयाँ पर्ने मास्कलाई ४५० मा बिक्री गरेको पाइएको छ। बढी मूल्य लिएर मास्क बेच्ने औषधि पसल स्थानीय प्रशासनले बन्द गरेको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार अनुगमन टोलीले पोखराको अस्पतालचोकस्थित परी फार्मेसी, महेन्द्रपुलस्थित स्याङ्जा मेडिकल हल र पस्र्याङस्थित अजिश मेडिकल फर्मामा छापा मारेको हो।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ७ : ११ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै