कोरोनाको संक्रमण देखिएपछि अमेरिकाको मेरिल्याण्ड राज्यमा संकटकाल ! « Khabarhub

कोरोनाको संक्रमण देखिएपछि अमेरिकाको मेरिल्याण्ड राज्यमा संकटकाल !


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको मेरिल्याण्ड राज्यमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।

अमेरिकी सञ्चार माध्यमहरुले मेरिल्याण्डका गभर्नर ल्यारी हेगनको हवला दिँदै ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको समाचार प्रकाशित गरेका छन्।

गभर्नर हेगनले पत्रकार सम्मेलन नै गरेर बाल्टिमोरमा गरिएको स्वास्थ्य परीक्षणमा तीनजनामा कोरोना पोजेटिभ रिपोर्ट देखिएको बताएका छन्।

संक्रमितहरु विदेश भ्रमणबाट आएको बताइएको छ। दुईजना दम्पत्ति हुन् भने एकजनाको उमेर ५०को हाराहारीमा रहेको बताइएको छ।

राज्यमा कोरोना भाइरसको संक्रमण देखिएपछि मेरिल्याण्ड राज्यमा संकटकाल घोषणा गरिएको छ। अमेरिकामा यसअघि पनि कोरोनाको संक्रमण देखिसकेको छ।

विश्वभर फैलँदै गएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ८३ पुगेको छ ।

विश्वका ८४ देशमा फैलिएको कोरोनाको संक्रमणबाट ९७ हजार ८ सय ५२ जना संक्रमित रहेको समाचार संस्था सीएनएनले जनाएको छ ।

चीनको वुहान प्रान्तबाट फैलिएको कोरोनाका कारण चीनमा मात्रै ३ हजार ४२ जनाले ज्यान गुमाएका छन् । चीनमा मात्रै संक्रमित हुनेको संख्या पनि सबैभन्दा धेरै अर्थात ८० हजार ५ सय ३२ छ ।

चीन बाहेकका १४ देशमा ३ सय ४१ जनाले ज्यान गुमाएका छन् । बेलायतमा पनि एकजनाको कोरोनाकै कारण ज्यान गएको छ ।

कोरोनाकै कारण अमेरिकामा मात्र ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १० : १९ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना