कोरोना भाइरसको संक्रमणबाट बच्न यी ७ उपाय अपनाउनुस् « Khabarhub

कोरोना भाइरसको संक्रमणबाट बच्न यी ७ उपाय अपनाउनुस्


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म विश्वभर करिब ३ हजार ३ सय भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने करीब ९१ हजार मानिस संक्रमित छन् ।

कोरोनाको प्रभावबाट ग्रस्त चीन र भारतमा समेत कोरोनाको संक्रमण भेटिएपछि विश्व स्वास्थ संगठनले नेपाललाई पनि कोरोना भाइरसको उच्च जोखिममा राखेको छ ।

कोरोनाको संक्रमणको सबैभन्दा ठुलो खतरा भनेको अहिलेसम्म उपचार पत्ता लाग्न नसक्दा यसका संक्रमितको मृत्यु हुने संभावना हुन्छ । तर उच्च जोखिममा परेको नेपालले भने अझैसम्म यसबारे सचेतना दिइएको छैन ।

हामी कोरोनाको संक्रमणबाट बच्न केहि टिप्सहरु दिदैँछौं, जसको पालना गरे धेरै हदसम्म कोरोनाको संक्रमणबाट बच्न सकिन्छ ।

१. भेटमा हात नमिलाउने

आजकल अधिकांश मानिस जमघट वा भेटघाटमा एकअर्कासंग हात मिलाएर शिष्टाचार ब्यक्त गर्दछन् । तर यस्तो भेटमा हात मिलाउनु सबैभन्दा घातक मानिन्छ । हातमा कोरोनाको किटाणु रहन सक्ने भएकाले संक्रमित ब्यक्तिबाट अर्काे ब्यक्तिमा यो सहजै सर्न सक्छ तसर्थ हात मिलाउनुको सट्टा नमस्कार वा नमस्ते गर्नु सबैभन्दा राम्रो उपाय हो ।

२. साबुन पानिले हात धुने

कोरोनाको संक्रमणबाट बच्ने हरेक पटक बाहिरी वस्तु वा मानिससंगको भेटपछि अनिवार्य साबुन र पानीले हात धुनु पर्दछ । साबुन पानिले न्युनतम ३० सेकेण्डसम्म हातका कुनाकाप्चामा समेत दलिदलि हात धुनुपर्छ । साबुन बाहेक ब्याक्टेरिया मार्ने क्षमता भएको स्यानिटाइजरको समेत उपयोग गर्न सकिन्छ । तर बजारका सबै स्यानिटाइजर भने उपयोगी नहुन सक्छन् ।

३. शकास्पद संक्रमितको सम्पर्कमा नजाने

कोरोनाको प्रभावित वा शकास्पद संक्रमितको नजिकमा जानु हुदैन । यस्ता मानिसको सम्पर्कबाट बच्न न्युनतम ३÷४ फिट भन्दा बढिको दुरीमा बस्नु पर्दछ । खासगरी रुघा, खोकी वा अस्वभाविक ज्वरो आएका मानिसबाट बच्नु पर्दछ ।

४. अनिवार्य मास्क लगाउने

कोरोनाको संक्रमणबाट बच्ने अर्काे भरपर्दाे उपाय भनेको अनिवार्य मास्क लगाउनु हो । मास्कले मुख सहित नाकबाट फोक्सोसम्म पुग्ने हावालाई छान्ने काम गर्दछ । यस्तोमा हावामा भएका कोरोनाका जिवाणु मास्कका माध्यमबाट छानिने गर्दछन् । मास्क चाहि एन ९५ गुणस्तरको हुनुपर्दछ ।

५. नाक, मुख र आँखा नछुने

प्राय मानिस कुराकानीको दौरानमा होस् वा अरु बेला नाक, मुख, आखाँ चलाइरहने गर्दछन् । तर पटक–पटक नाक, मुख तथा आँखा छोइरहे हातमा हुनसक्ने कोरोनाका जिवाणु त्यहि माध्यमबाट सर्न सक्दछन् । तसर्थ अत्यावश्यक बाहेक बिना कारण नाक, मुख, नाक र आखाँ छुने काम बन्द गरौ ।

६. राम्ररी पकाएर खाने

कोरोनाको संक्रमणबाट बच्न अपनाउनु पर्ने अर्को सावधानी भनेको कुनै पनि परीकार राम्ररी पकाएर खानु पर्दछ । विशेषत माछामासु जन्य खाद्य परीकारलाई बढि तापक्रममा मज्जाले पकाएर र उमालेर मात्र खानुपर्दछ ।

७. संभावित लक्षणमा ध्यान दिने

यदि तपाईंमा कोरोनाको संक्रमित कुनै लक्षण मिल्दो छ भने यसलाई अनदेखा नगर्नुहोला । अर्थात ज्वरो, खोकी, हाच्छ्यु वा श्वास फेर्न समस्या भइरहेको छ भने तुरुन्त स्वास्थ्य परीक्षण गराउनु पर्दछ । साथै संभावित लक्षण मिल्दो भएमा यसलाई पाल्नुको सट्टा तत्काल निको पार्ने प्रयाश गर्नुपर्दछ । तर आफै औषधि किनेर खानु चाहि मुर्खता हुनेछ । यसका लागी सकेसम्म अस्पताल गई चिकित्सकको परामर्श लिनुपर्दछ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ११ : ०३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्