कोरोना भाइरसको संक्रमणबाट बच्न यी ७ उपाय अपनाउनुस् | Khabarhub Khabarhub

कोरोना भाइरसको संक्रमणबाट बच्न यी ७ उपाय अपनाउनुस्


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म विश्वभर करिब ३ हजार ३ सय भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने करीब ९१ हजार मानिस संक्रमित छन् ।

कोरोनाको प्रभावबाट ग्रस्त चीन र भारतमा समेत कोरोनाको संक्रमण भेटिएपछि विश्व स्वास्थ संगठनले नेपाललाई पनि कोरोना भाइरसको उच्च जोखिममा राखेको छ ।

कोरोनाको संक्रमणको सबैभन्दा ठुलो खतरा भनेको अहिलेसम्म उपचार पत्ता लाग्न नसक्दा यसका संक्रमितको मृत्यु हुने संभावना हुन्छ । तर उच्च जोखिममा परेको नेपालले भने अझैसम्म यसबारे सचेतना दिइएको छैन ।

हामी कोरोनाको संक्रमणबाट बच्न केहि टिप्सहरु दिदैँछौं, जसको पालना गरे धेरै हदसम्म कोरोनाको संक्रमणबाट बच्न सकिन्छ ।

१. भेटमा हात नमिलाउने

आजकल अधिकांश मानिस जमघट वा भेटघाटमा एकअर्कासंग हात मिलाएर शिष्टाचार ब्यक्त गर्दछन् । तर यस्तो भेटमा हात मिलाउनु सबैभन्दा घातक मानिन्छ । हातमा कोरोनाको किटाणु रहन सक्ने भएकाले संक्रमित ब्यक्तिबाट अर्काे ब्यक्तिमा यो सहजै सर्न सक्छ तसर्थ हात मिलाउनुको सट्टा नमस्कार वा नमस्ते गर्नु सबैभन्दा राम्रो उपाय हो ।

२. साबुन पानिले हात धुने

कोरोनाको संक्रमणबाट बच्ने हरेक पटक बाहिरी वस्तु वा मानिससंगको भेटपछि अनिवार्य साबुन र पानीले हात धुनु पर्दछ । साबुन पानिले न्युनतम ३० सेकेण्डसम्म हातका कुनाकाप्चामा समेत दलिदलि हात धुनुपर्छ । साबुन बाहेक ब्याक्टेरिया मार्ने क्षमता भएको स्यानिटाइजरको समेत उपयोग गर्न सकिन्छ । तर बजारका सबै स्यानिटाइजर भने उपयोगी नहुन सक्छन् ।

३. शकास्पद संक्रमितको सम्पर्कमा नजाने

कोरोनाको प्रभावित वा शकास्पद संक्रमितको नजिकमा जानु हुदैन । यस्ता मानिसको सम्पर्कबाट बच्न न्युनतम ३÷४ फिट भन्दा बढिको दुरीमा बस्नु पर्दछ । खासगरी रुघा, खोकी वा अस्वभाविक ज्वरो आएका मानिसबाट बच्नु पर्दछ ।

४. अनिवार्य मास्क लगाउने

कोरोनाको संक्रमणबाट बच्ने अर्काे भरपर्दाे उपाय भनेको अनिवार्य मास्क लगाउनु हो । मास्कले मुख सहित नाकबाट फोक्सोसम्म पुग्ने हावालाई छान्ने काम गर्दछ । यस्तोमा हावामा भएका कोरोनाका जिवाणु मास्कका माध्यमबाट छानिने गर्दछन् । मास्क चाहि एन ९५ गुणस्तरको हुनुपर्दछ ।

५. नाक, मुख र आँखा नछुने

प्राय मानिस कुराकानीको दौरानमा होस् वा अरु बेला नाक, मुख, आखाँ चलाइरहने गर्दछन् । तर पटक–पटक नाक, मुख तथा आँखा छोइरहे हातमा हुनसक्ने कोरोनाका जिवाणु त्यहि माध्यमबाट सर्न सक्दछन् । तसर्थ अत्यावश्यक बाहेक बिना कारण नाक, मुख, नाक र आखाँ छुने काम बन्द गरौ ।

६. राम्ररी पकाएर खाने

कोरोनाको संक्रमणबाट बच्न अपनाउनु पर्ने अर्को सावधानी भनेको कुनै पनि परीकार राम्ररी पकाएर खानु पर्दछ । विशेषत माछामासु जन्य खाद्य परीकारलाई बढि तापक्रममा मज्जाले पकाएर र उमालेर मात्र खानुपर्दछ ।

७. संभावित लक्षणमा ध्यान दिने

यदि तपाईंमा कोरोनाको संक्रमित कुनै लक्षण मिल्दो छ भने यसलाई अनदेखा नगर्नुहोला । अर्थात ज्वरो, खोकी, हाच्छ्यु वा श्वास फेर्न समस्या भइरहेको छ भने तुरुन्त स्वास्थ्य परीक्षण गराउनु पर्दछ । साथै संभावित लक्षण मिल्दो भएमा यसलाई पाल्नुको सट्टा तत्काल निको पार्ने प्रयाश गर्नुपर्दछ । तर आफै औषधि किनेर खानु चाहि मुर्खता हुनेछ । यसका लागी सकेसम्म अस्पताल गई चिकित्सकको परामर्श लिनुपर्दछ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ११ : ०३ बजे

नागरिक उड्डयन र हवाई सेवा प्राधिकरण विधेयक कुनै संस्था टुक्र्याउन होइन : मन्त्री पाण्डे

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणलाई

कोशीका गोठ रित्तै !

चतरा (सुनसरी) – समयान्तर विश्लेषण गर्नुपर्दा एउटा आहान कोशी किनाराका

आन्तरिक पर्यटकको रोजाइमा दाङको कुलपानी हरित उद्यान

दाङ– दाङको गढवा गाउँपालिका– १ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क)

वीरगञ्ज नाकाबाट एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक

इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै ट्रम्पले गरे सेनाको प्रशंसा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले इरानमा भएको आक्रमणका