कोरोना भाइरसको त्रास : मास्कभन्दा निरन्तर हात धुनु उपयोगी « Khabarhub

कोरोना भाइरसको त्रास : मास्कभन्दा निरन्तर हात धुनु उपयोगी


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत– कोरोना भाइरसको सङ्क्रमण फैलिनबाट मास्कले रोक्ने दाबी गरिएका दुईवटा कम्पनीका विज्ञापनलाई बेलायतमा प्रतिबन्ध लगाइएको छ।

बेलायतको नियामक निकाय एडभरटाइजीङ स्ट्यान्डर्ड अथोरीटी एएसएले इजी सपिङ फोर होम लिमिटेड र नोभाड्स ओयूले नियम मिचेको भन्दै यस्तो आदेश दिएको हो।

ती विज्ञापनहरू ‘भ्रामक, गैरजिम्मेवार र कुनै औचित्यपूर्ण कारणविना भय फैलाउन सक्ने’ रहेको उक्त निकायको भनाइ छ।

स्वास्थ्य अधिकारीहरूले भाइरस फैलिन नदिन धेरैपटक हात धुन सुझाव दिएका छन्।

नोभाड्स ओयूले बनाएको ‘अक्सिब्रेथ’ मास्कको विज्ञापन स्कटिश सन वेबसाइटमार्फत टेबोला नेटवर्क र अरू साइटहरूमा प्रकाशित भएको थियो।

अक्सिब्रेथ प्रोको विज्ञापनमा भनिएको थियो: “अवस्था धेरै चिन्ताजनक छ भन्नु जायज नहोला। मैले सुनेको सबैभन्दा राम्रो सुझाव धैर्यवान बन्नु र आफूलाई सुरक्षित बनाउन व्यवहारिक कदम चाल्नु हो।”

“सबैभन्दा राम्रो उपाय उच्च गुणस्तरको मास्क प्रयोग गरी आफूलाई भाइरस, ब्याक्टेरिया र अरू वायु प्रदूषकबाट आफूलाई जोगाउनु हो।”

एएसएले ती विज्ञापनहरूले वास्तविक सुझाव नदिएको भन्दै ती भ्रामक रहेको जनाएको छ।

एक प्रवक्ताले ब्रिटेनको जनस्वास्थ्य निकायले एएसएलाई आफूहरूले मास्कले कोरोनाभाइरसको सङ्क्रमणबाट जोगाउने भनेर सुझाव नदिने बताएको जानकारी दिए।
एएसएले उपचार गर्ने थलो बाहिर मास्क प्रयोग गर्दा त्यसबाट हुने व्यापक लाभबारे कम प्रमाण रहेको आफूले बुझेको जनाएको छ।

मास्कभन्दा निरन्तर हात धुनु उपयोगी

उक्त निकायले लामो समयसम्म मास्कको प्रयोग गर्दा त्यसले सङ्क्रामक रोग फैलनबाट रोक्ने विश्वव्यापी मान्यता पाएको स्वस्थ व्यवहारको पालनाको सुनिश्चितता कम गराउने उल्लेख गरेको छ ।

मास्क प्रयोगभन्दा निरन्तर हात धुने कुरामा जोड दिइएको छ ।

बेलायतको राष्ट्रिय स्वास्थ्य निकाय एनएचएसका निर्देशक स्टेफन पोविसले व्यवसायिक नाफाको लोभमा कतिपय ‘स्वार्थी फर्म’हरूले यस्ता खतरनाक सन्देश दिने गरेको र त्यसलाई प्रतिबन्ध लगाएर सही कदम चालिएको बताए ।

उनले जिम्मेवार फर्महरूले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणका लागि सकारात्मक भूमिका खेल्नुपर्ने र घरबाटै काम गर्न र अन्य स्वस्थ रहने उपाय अवलम्बन गर्न प्रोत्साहन दिइनुपर्ने उल्लेख गरे।

सत्तरीभन्दा बढी देशमा ९० हजार भन्दा बढी मानिसलाई कोरोनाभाइरसको सङ्क्रमण देखा परेको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ११ : ४२ बजे

कित्ताकाट खुलेसँगै भोजपुर नापी कार्यालयमा सेवाग्राहीको चाप बढ्यो

भोजपुर– बन्द रहेको जग्गा कित्ताकाट सेवा पुनः सुचारु भएसँगै नापी

जेलभित्रै इमरान खानको ‘हत्या’को खबर फैलिएपछि सनसनी, हजारौँ समर्थक प्रदर्शनमा उत्रिए

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जनवरी २०२५ देखि रावलपिन्डीको जेलमा

शान्ति सम्झौता गर्ने आशामा दूत विटकफलाई मस्को पठाउने ट्रम्पको तयारी

वासिङ्टन– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफलाई

मधेसमा बेरोजगार युवालाई मासिक दुई हजार भत्ता

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा स्नातक उत्तीर्ण गरेका

टस हारेर विराटनगरविरुद्ध पहिला ब्याटिङ चितवन गर्दै 

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको बुधबारको खेलमा विराटनगर