आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन् – मृत्युलाई जोडेर व्यङ्ग्य « Khabarhub

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन् – मृत्युलाई जोडेर व्यङ्ग्य


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय गायिका आशा भोसलेले ०७६ पुसमा गरेको नेपाल भ्रमण जीवनको अन्तिम भएको छ । आइतबार ९२ वर्षको उमेरमा उनको मुम्बईमा निधन भयो ।

आशा र नेपाली कला क्षेत्रको सम्बन्ध ६ दशकभन्दा पुरानो हो । सन् १९६६ मा प्रदर्शनमा आएको फिल्म ‘माइतीघर’को गीत ‘प्राणभन्दा प्यारो माइतीघर’ उनको स्वर छ ।

उनी पार्श्व गायन र युगल गायनबाट नेपालसँग जोडिएका हुन् । उनी ६ दशकअघि नै पहिलो पटक नेपाल आएको संगीत क्षेत्रका पाका व्यक्तिहरू सुनाउँछन् ।

तर, सांगीतिक प्रस्तुति दिनका लागि भने उनी ०७६ सालमा आएकी थिइन् । ‘म्युजिक जर्नी अफ रञ्जित गजमेर विथ आशा भोसले’ कार्यक्रमका लागि उनी नेपाल आएकी थिइन् ।

रञ्जितसँगकै सम्बन्ध र सम्पर्कबाट उनी नेपाली कला क्षेत्रसँग जोडिएको सुनिन्छ । आशाले गजमेरबारे त्यस बेला भनेकी थिइन्, ‘उसलाई म कान्छा भनेर बोलाउँछु । गजमेर वा त्यो–यो जान्दिनँ । कान्छाले बोलाएर म नेपाल आएकी हुँ ।’

खैर, दर्जनौँ कालजयी गीत गाएका आशाको नेपालमा फ्यान फलोइङ राम्रो छ । उनलाई हेर्न र प्रत्यक्ष सुन्न फ्यान जाने भइहाले ।
साँझ सात बजे राजधानीको एक होटलमा उनी प्रस्तुति दिन मञ्चमा उक्लिइन् । गडगडाहट ताली बज्यो ।

त्यसपछि आशाले व्यङ्ग्य गर्दै भनिन्, ‘अहिले म ८६–८७ वर्षमा हिँडिरहेकी छु । काठमाडौंको एयरपोर्टमा झर्ने बेला म सोच्दै थिएँ– ‘नेपालले मलाई किन यति चाँडो बोलाएको होला ? दुई–तीन वर्ष ढिला गरेको भए त मलाई बोलाउन माथि नै आउनुपर्थ्यो ।’

आफ्नो ढल्किएको उमेरलाई मृत्युसँग जोडेर आफ्नै मजाक गरिन् । हल हाँसोले गुञ्जियो । त्यसको ७ वर्षपछि आशाले भौतिक शरीर त्यागिन् ।

त्यस बेला नबोलाएको भए ?

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  २ : ५५ बजे

राष्ट्रपति पौडेलले भने : विपत्तिमा परेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको छ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते रसुवाको भोटेकोशी

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगगत अवलोकनपछि

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

सुनसरी– सुनसरीको कोशी गाउँपालिका-६ लाही टोलका एक युवकको आज बिहान

रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं–  रसुवाको भोटेकोशी बाढीमा परी घाइते भएकामध्ये एक भारतीय नागरिकसहित

सरकारसँगको समन्वयमा काम गरिरहेका छौँ : मुख्यमन्त्री थापा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् व्यवस्थापन, राहत