कोरोना भाइरसको त्रास : मास्कभन्दा निरन्तर हात धुनु उपयोगी « Khabarhub

कोरोना भाइरसको त्रास : मास्कभन्दा निरन्तर हात धुनु उपयोगी


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत– कोरोना भाइरसको सङ्क्रमण फैलिनबाट मास्कले रोक्ने दाबी गरिएका दुईवटा कम्पनीका विज्ञापनलाई बेलायतमा प्रतिबन्ध लगाइएको छ।

बेलायतको नियामक निकाय एडभरटाइजीङ स्ट्यान्डर्ड अथोरीटी एएसएले इजी सपिङ फोर होम लिमिटेड र नोभाड्स ओयूले नियम मिचेको भन्दै यस्तो आदेश दिएको हो।

ती विज्ञापनहरू ‘भ्रामक, गैरजिम्मेवार र कुनै औचित्यपूर्ण कारणविना भय फैलाउन सक्ने’ रहेको उक्त निकायको भनाइ छ।

स्वास्थ्य अधिकारीहरूले भाइरस फैलिन नदिन धेरैपटक हात धुन सुझाव दिएका छन्।

नोभाड्स ओयूले बनाएको ‘अक्सिब्रेथ’ मास्कको विज्ञापन स्कटिश सन वेबसाइटमार्फत टेबोला नेटवर्क र अरू साइटहरूमा प्रकाशित भएको थियो।

अक्सिब्रेथ प्रोको विज्ञापनमा भनिएको थियो: “अवस्था धेरै चिन्ताजनक छ भन्नु जायज नहोला। मैले सुनेको सबैभन्दा राम्रो सुझाव धैर्यवान बन्नु र आफूलाई सुरक्षित बनाउन व्यवहारिक कदम चाल्नु हो।”

“सबैभन्दा राम्रो उपाय उच्च गुणस्तरको मास्क प्रयोग गरी आफूलाई भाइरस, ब्याक्टेरिया र अरू वायु प्रदूषकबाट आफूलाई जोगाउनु हो।”

एएसएले ती विज्ञापनहरूले वास्तविक सुझाव नदिएको भन्दै ती भ्रामक रहेको जनाएको छ।

एक प्रवक्ताले ब्रिटेनको जनस्वास्थ्य निकायले एएसएलाई आफूहरूले मास्कले कोरोनाभाइरसको सङ्क्रमणबाट जोगाउने भनेर सुझाव नदिने बताएको जानकारी दिए।
एएसएले उपचार गर्ने थलो बाहिर मास्क प्रयोग गर्दा त्यसबाट हुने व्यापक लाभबारे कम प्रमाण रहेको आफूले बुझेको जनाएको छ।

मास्कभन्दा निरन्तर हात धुनु उपयोगी

उक्त निकायले लामो समयसम्म मास्कको प्रयोग गर्दा त्यसले सङ्क्रामक रोग फैलनबाट रोक्ने विश्वव्यापी मान्यता पाएको स्वस्थ व्यवहारको पालनाको सुनिश्चितता कम गराउने उल्लेख गरेको छ ।

मास्क प्रयोगभन्दा निरन्तर हात धुने कुरामा जोड दिइएको छ ।

बेलायतको राष्ट्रिय स्वास्थ्य निकाय एनएचएसका निर्देशक स्टेफन पोविसले व्यवसायिक नाफाको लोभमा कतिपय ‘स्वार्थी फर्म’हरूले यस्ता खतरनाक सन्देश दिने गरेको र त्यसलाई प्रतिबन्ध लगाएर सही कदम चालिएको बताए ।

उनले जिम्मेवार फर्महरूले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणका लागि सकारात्मक भूमिका खेल्नुपर्ने र घरबाटै काम गर्न र अन्य स्वस्थ रहने उपाय अवलम्बन गर्न प्रोत्साहन दिइनुपर्ने उल्लेख गरे।

सत्तरीभन्दा बढी देशमा ९० हजार भन्दा बढी मानिसलाई कोरोनाभाइरसको सङ्क्रमण देखा परेको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ११ : ४२ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज २०८३ साल असार २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २७ गते शनिबार सन् २०२६

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी