अस्पतालको ‘बेड’बाट प्रधानमन्त्रीले भने– छिट्टै म काममा फर्कन्छु « Khabarhub

अस्पतालको ‘बेड’बाट प्रधानमन्त्रीले भने– छिट्टै म काममा फर्कन्छु


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै काममा फर्कने बताएका छन् ।

बुधबार दोस्रोपट मिर्गौलाको सफल प्रत्यारोपणपछि अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तीब्र गतिमा सुधार भइरहेको र छिट्टै काममा फर्कने बताएका हुन् ।

शुक्रवार विहान प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल प्रधानमन्त्री केपी ओलीलाई भेट गर्न अस्पताल पुगेका थिए । अप्रेसनपछि पहिलो पटक प्रधानमन्त्रीसँग कुरा गर्न अबसर मिलेको भन्दै रिमालले सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्रीको भेटबारे जानकारी गराएका छन् ।

उनले लेखेका छन,‘ सर्जरी पछी आज पहिलो पटक प्रधानमन्त्रिज्यू सँग कुरा गर्ने अबसर मिल्यो । “साथिहरुलाई भनिदिनुस्, मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भई रहेको छ । छिट्टै म काममा फर्किन्छु ।’

मिर्गौला प्रत्यारोपण पछि प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षकृत सुधार आएको र प्रत्यारोपित मिर्गौलाले राम्रो काम गरिरहेको चिकित्सकहरुले बताएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ११ : ५० बजे

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब