भारतप्रति आक्रमक बनेका इरानका सर्वोच्च नेता खमेनइले भने-भारतका कारण विश्व दु:खी छ | Khabarhub Khabarhub

भारतप्रति आक्रमक बनेका इरानका सर्वोच्च नेता खमेनइले भने-भारतका कारण विश्व दु:खी छ


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानका सर्वोच्च नेता अयोतुल्लाह खमेनइ भारतप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

दिल्लीमा भएका दंगाको विषयलाई लिएर बिहीबार खमेनइ भारतप्रति आक्रोशित रुपमा प्रस्तुत भएका हुन् ।

नागरिकता संशोधन कानुनको विषयमा भएको हिंसाका विषयमा खमेनइले भारतको वर्तमान अवस्थामा त्यहाँ मुस्लिमहरु खतरामा भएको बताएका छन् ।

यस विषयमा भारतको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन तर पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भने ट्वीट गर्दै खमेनइलाई धन्यवाद दिएका छन् । इमरानले पनि कश्मिरी मुस्लिमका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आक्रामक रवैया अपनाएका छन् ।

खमेनइले ट्वीट गर्दै लेखेका छन् ‘भारतमा मुस्लिमको नरसंहारबाट विश्वभरका मुस्लिमको मन दुखेको छ । भारत रकारले कट्टर हिन्दूहरु र उनका पार्टीहरुलाई रोक्नुपर्छ । भारत इस्लामिक देशबाट अलग नहोस्, यसको लागि मुस्लिमहरुको नरसंहार रोक्नुपर्छ ।’

खमेनइले अंग्रेजीमा साथै उर्दू, पारसी र अरबीमा पनि ट्वीट गरेका छन् । उनले ट्वीटको साथमा हिंसामा मारिएका व्यक्तिका बच्चाको रोइरहेको फोटो पनि पोस्ट गरेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ११ : ५७ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा