भारतप्रति आक्रमक बनेका इरानका सर्वोच्च नेता खमेनइले भने-भारतका कारण विश्व दु:खी छ « Khabarhub

भारतप्रति आक्रमक बनेका इरानका सर्वोच्च नेता खमेनइले भने-भारतका कारण विश्व दु:खी छ


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानका सर्वोच्च नेता अयोतुल्लाह खमेनइ भारतप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

दिल्लीमा भएका दंगाको विषयलाई लिएर बिहीबार खमेनइ भारतप्रति आक्रोशित रुपमा प्रस्तुत भएका हुन् ।

नागरिकता संशोधन कानुनको विषयमा भएको हिंसाका विषयमा खमेनइले भारतको वर्तमान अवस्थामा त्यहाँ मुस्लिमहरु खतरामा भएको बताएका छन् ।

यस विषयमा भारतको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन तर पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भने ट्वीट गर्दै खमेनइलाई धन्यवाद दिएका छन् । इमरानले पनि कश्मिरी मुस्लिमका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आक्रामक रवैया अपनाएका छन् ।

खमेनइले ट्वीट गर्दै लेखेका छन् ‘भारतमा मुस्लिमको नरसंहारबाट विश्वभरका मुस्लिमको मन दुखेको छ । भारत रकारले कट्टर हिन्दूहरु र उनका पार्टीहरुलाई रोक्नुपर्छ । भारत इस्लामिक देशबाट अलग नहोस्, यसको लागि मुस्लिमहरुको नरसंहार रोक्नुपर्छ ।’

खमेनइले अंग्रेजीमा साथै उर्दू, पारसी र अरबीमा पनि ट्वीट गरेका छन् । उनले ट्वीटको साथमा हिंसामा मारिएका व्यक्तिका बच्चाको रोइरहेको फोटो पनि पोस्ट गरेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ११ : ५७ बजे

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको

‘बाढी पीडितबारे बोल्दा ‘घण्टी’ समर्थकबाट बलात्कार गरेर मारिदिने धम्की आउँछ’

काठमाडौं- नेकपा एमालेकी सांसद यशुदा कुमारी बरालले आफूलाई राष्ट्रिय स्वतन्त्र

बाढीपीडितलाई भायानेटको २० लाख सहयोग

काठमाडौं– रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा

संसद्‍मा उभिएर वर्षमानको आक्रोश : सरकारको स्वेच्छाचारिता र नालायकीले सीमा नाघ्यो

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वर्तमान सरकारको कार्यशैलीप्रति