‘कुनै मन्त्री या सांसदलाई संक्रमण भएको रहेछ भने संसदको हालत के होला ?’ « Khabarhub

‘कुनै मन्त्री या सांसदलाई संक्रमण भएको रहेछ भने संसदको हालत के होला ?’


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट जोगिन संसदमा कुनै व्यवस्था नभएको भन्दै संसद् बैठक नचलाउन माग भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा समाजवादी पार्टीका सांसद प्रदीप यादवले कुनै मन्त्री वा सांसदलाई संक्रमण भएको रहेछ भने संसदको हालत के होला भन्दै प्रश्न समेत गरे ।

कोरोना भाइरसले विश्वभरी त्रास फेलिएको भन्दै उनले भीडभाडमा नजान भनेर सूचना जारी गर्ने तर सांसदले सावधानी नअपनाउे कुरा उपयुक्त नभएको बताए ।

‘कोरोना भाइरसले विश्वभरी त्रास फैलाएको छ, डाक्टरहरु यसको उपाय सचेतना नै हो भनिरहेका छन्,’ उनले भने, ‘भीडभाडमा नजानू, भोजभतेर नगर्नू त भनियो, तर हामी सांसदले कति सावधानी अपनाएका छौं।’ सांसद पनि भीडभाडमा जाने, मन्त्रीले सयौं सेवाग्राहीलाई भेट्ने भएकाले संसद रोक्न उनले माग गरे ।

‘संसदमा हेल्थ डेक्स छैन, संसदभित्र प्रवेश गर्दा टेस्ट नगरी प्रवेश गर्छौं,’ उनले भने, ‘मानौं कुनै मन्त्रीजी या सांसदलाई संक्रमण भएको रहेछ भने हाम्रो संसदको हालत के होला? कि पूर्ण तयारी गरेर संसद चलाऔं या बन्द गरौं ।’

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १ : १० बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच