कोरोनाका कारण ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन अनिश्चित « Khabarhub

कोरोनाका कारण ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन अनिश्चित


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यही फागुन ३० गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ को रिलिज मिति सारिएको छ । कोरोना भाइरसको जोखिमका कारण फिल्मको रिलिज मिति स्थगित गरिएको हो ।

विश्वभर कोरोना भाइरसको भय र प्रभाव परिरहेका बेला सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ पनि निर्धारित मितिमा रिलिज नहुने भएको हो ।

निर्देशक सुदर्शन थापाले आफ्नो ब्यानर सुदर्शन थापा प्रोडक्सनका तर्फबाट एक विज्ञप्ति जारी गर्दै अर्को सूचना सार्वजनिक नगरी फिल्मको प्रदर्शन नगर्ने जनाए ।

‘आम जनमानसको स्वास्थ्यलाई ध्यानमा राख्दै कोरोना भाइरसबाट कसैलाई असर नहोस् भन्ने हेतुले नेपाल सरकारको कदममा कदम मिलाउँदै अर्को सूचना नआउँदासम्मलाई चलचित्र प्रदर्शन नगर्ने निर्णय गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ ।

साथै निर्माण टिमले फिल्म निर्धारित मितिमा रिलिज गर्न नसकेकोप्रति क्षमा पनि मागेको छ ।

सुदर्शन थापाले निर्देशन गरेको यो फिल्ममा पल शाह र पूजा शर्माको शीर्ष भूमिका रहेको छ । सांगीतिक प्रेमकथामा आधारित यो फिल्ममा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र, सोनिका रोकाया लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ ।

सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेको ‘म यस्तो गीत गाउँछु २’ रिलिजअघि चर्चामा छ ।

पछिल्लो समय विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसका कारण संसारभरका फिल्म उद्योग प्रभावित भएका छन् ।

नेपालमा कोरोनाका कारण फिल्म स्थगन गरिएको यो पहिलो हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ४ : ०४ बजे

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट