कुटाइ खाएको भन्दै ट्याक्सी चालक आन्दोलित, टुटल पठाओले ‘दादागिरी’ गरेको आरोप « Khabarhub

कुटाइ खाएको भन्दै ट्याक्सी चालक आन्दोलित, टुटल पठाओले ‘दादागिरी’ गरेको आरोप


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहानको साढे सात बजेतिर बाफलसम्म मर्निङ वाक गर्न गएका थिए सानु पुर्वछाने मगर ।

उनी उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको अध्यक्ष हुन् ।

हरेक दिन मर्निङवाक गर्दै बाफल ट्याक्सी पार्किङसम्म पुग्ने उनको दैनिकी हो । मर्निङ वाकसँगै ट्याक्सी पार्किङमा ट्याक्सीको निगरानी समेत गर्ने गरेका छन् उनले ।

तर सधैको भन्दा फरक बनिदियो आजको बिहानी । ‘मर्निङ वाक गरेर फर्किने क्रममा चिया पसलमा थिएँ, चिया पिइरहेको थिएँ’ उनले भने, ‘एक जना साथी आएर बाफलमा झगडा पर्न लागेको कुरा सुनाएँ हतपत त्यतातिर लागेँ ।’

उनका अनुसार एउटा मोटरसाइकल चालकले पार्किङमा राखिएका ट्याक्सीको बीचमा गएर हामी टुटल–पठाओ हौं तपाईलाई लगिदिन्छौ भन्दै ग्राहक बोलाइरहेका थिए ।

आफूले टुटल पठाओ लगायतले यसरी यात्रु बोलाएर जान नमिल्ने बताएको उनले सुनाए ।

‘४०/५० वटाभन्दा बढी ट्याक्सीको बीचमा आएर मानिसलाई चढाउन थाल्यो भने भोलि द्वन्द्व –झै झगडा सिर्जना हुन्छ मानवीय क्षति पुग्छ’ भनेर आफूले उनलाई सम्झाएको मगरले सुनाए ।

तर मोटरसाइकल चालकले ‘सक्छस् भने टुटल पठाओ नै बन्द गर !’ भन्दै आफूलाई थर्काएको उनले बताए ।

ट्याक्सी ड्राइरहरु र मोटरसाइकल चालकबीच विवाद भएपछि उनले केही आफ्ना साथीहरुलाई बोलाएको मगर बताउँछन् ।

विस्तारै मानिसको भीडभाड अलि बाक्लो हुँदै गयो । कुई..कुई.. को आवाजमा प्रहरीको भ्यान आइपुग्यो । भ्यानबाट ओर्लिएर केही नबुझिकन प्रहरी जवानले आफूमाथि हातपात गरेको उनको दाबी छ ।

‘पुलिस गाडी बाट झरेर केही कुरा नै नसुनी कानको जोर्नीमा एक झापड हाने’ उनले भने ।

‘प्रहरी मेरो साथी भन्ने भनाइ छ नि’ दुखेसो गर्दै अध्यक्ष मगरले भने, ‘आज मलाई साथीको महशुस भएन ।’ चेकजाँच नै गराउनुपर्ने गरी पिटेको बताउँदै उनी भन्छन्, ‘अहिले म यातायात कार्यालय जाँदै छु बेलुकातिर टिचिङ जान्छु ।’

आफूमाथिको कुटपिट एक जना ट्याक्सी ड्राइभरमाथि नभएर समग्र चालकमाथिको रहेको उनको भनाइ छ ।

कुटाइखाएपछि आन्दोलन

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्षमाथि कुटपिट भएपछि ट्याक्सी चालकहरु आन्दोलनमा उत्रिएका छन् ।
शुक्रवार दिउँसो उनीहरु ट्याक्सीको लाइन लगाएर यातायात व्यवस्था विभाग पुगेका छन् ।

टुटल पठाओ लगायतका नयाँ भाडाका सवारीले गैरकानूनी रुपमा यात्रु बोकिरहेको भन्दै उनीहरुले रातो नम्बर प्लेटमा ग्राहक बोक्ने गैरकानूनी काम वन्द गराउन विभागसँग आग्रह गरे ।

सरकारले ट्याक्सीमाथि गर्ने व्यवहारमा परिवर्तन गर्नुपर्ने र मापदण्ड बनाएर सेवामुखी बनाउनु पर्ने उनको भनाइ छ ।

ट्याक्सी चालक र व्यवसायीहरुले टुटल पठाओ लगायतले दादागिरी गरिरहेको भएपनि प्रशासनले संरक्षण गरिरहेको आरोप लगाउँदै आएका छन् ।

सरकारले टुटल पठाओलाई यात्रु बोक्न दिएर आफूहरुको रोजिरोटी खोस्न खोजेको भन्दै केही समय अघि ट्याक्सी चालक र व्यवसायी आन्दोलनमा नै उत्रिएका थिए ।

सरकारले पनि निजी प्रयोजनमा दर्ता भएका सवारीले यात्रू बोक्न नपाउने भन्दै टुटल पठाओ चालकलाई कारवाही गरेको थियो । तर नयाँ सुरुवात भएको कामलाई नियम बनाएर व्यवस्थित गर्नुपर्ने भन्दै चौतर्फी विवाद भएसँगै टुटल पठाओले निरन्तरता पाएका थिए ।

फागुनको एक गते उच्च अदालत पाटनले मोटरसाइकलमा भाडा लिएर यात्रु बोक्ने पठाओ र टुटलजस्ता सेवालाई कानून बनाएर सञ्चालन गर्न आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ४ : ०१ बजे

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम

रवि बिरामी भएपनि बालेनसँग निरन्तर संवादमा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गैर सांसदलाई पनि मन्त्री

यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु

दुबई – इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण