वैदेशिक रोजगारीका नाममा ११ लाख ठगी गर्ने साह पक्राउ « Khabarhub

वैदेशिक रोजगारीका नाममा ११ लाख ठगी गर्ने साह पक्राउ


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय अपराध महाशाखाको टोलीले वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले धनुषाको मिथिला विहारी–५ स्थायी ठेगाना भएका राधे साहलाई काठमाडौंको पिंगलास्थानबाट पक्राउ गरेको हो ।

आकर्षक तलब हुने प्रलोभन देखाएर मलेसिया तथा दुबईमा वैदेशिक रोजगारीका लागि वर्किङ भिसामा पठाउने भन्दै ९ जनासँग ११ लाख लाख ४२ हजार २ सय रुपैयाँ लिई उनी सम्पर्क विहीन भएका थिए ।

आफूहरु ठगिएको भन्दै दर्पनारायण चौधरीलगायतले दिएको जाहेरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले साहलाई पक्राउ गरेको हो ।

पक्राउ परेका साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ५ : ०२ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । आजको

बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै

महोत्तरी– बर्दिबास नगरपालिका-६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा !

काठमाडौं – व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

मोरङ– सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव

रिहाइ प्रक्रियाका लागि रुपन्देही जाँदै रवि (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइ प्रक्रियाका लागि