ग्यास सिलिन्डर उत्पादन बढाइने, मास्क र सेनिटाइजरमा भन्सार छुट दिने तयारी | Khabarhub Khabarhub

ग्यास सिलिन्डर उत्पादन बढाइने, मास्क र सेनिटाइजरमा भन्सार छुट दिने तयारी


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै सरकारले मास्क र सेनिटाइजरको आयातमा भन्सार छुट दिने तयारी गरेको छ ।

यसका लागि उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयले अर्थमन्त्रालयसँग अनुरोध गर्ने भएको छ ।
मन्त्रालयले कोरोना संक्रमणको नाममा खाद्य वस्तुको भण्डारण नगर्न समेत आग्रह गरेको छ । ६ महिनाको लागि पुग्ने खाद्यवस्तु मौजाद रहेको मन्त्रालयलको दाबी छ ।

मन्त्रालयले बजारमा पेट्रोलियम पदार्थ, नून, चिनी, चामललगायत खाद्यान्नको आपूर्तीमा समस्या नरहेको समेत दाबी गरेको छ । मन्त्रालय अनुसार खाद्या व्यवस्था तथा व्यापार कम्पनीसाग २५ हजार ६६९ मेट्रिक टन चामल मौज्दात छ ।

साथै मुलुकमा पेट्रोल डिजल, मट्टितेल, हवाई इन्धनको भण्डारण क्षमता ६८ हजार ३६४ केएल रहेको र यसले कम्तिमा ९ दिन पुग्ने मन्त्रालयको भनाइ छ ।

साथै बजारमा ग्यासको अभाव हुन नदिने काठमाडौं उपत्यकामा मात्रै दैनिक ४४ हजार सिलिन्डर उत्पादन गरिने मन्त्रालयको भनाइ छ । हाल दैनिक ३० हजार सिलिन्डर उत्पादन भइरहेकोमा अब १४ हजार थप सिलिन्डर उत्पादन बढाइने छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ५ : ४९ बजे

यी भूभागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज श्रीकृष्ण जन्माष्टमी पर्व

काठमाडौं – ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

काठमाडौं– ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

पुटिनसँगको वार्तापछि ट्रम्प भन्छन् – छलफल उपलब्धिमूलक भए पनि कुनै सम्झौता भइसकेको छैन

अलस्का – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धको विषयमा रुसी