कोरोना भाइरसका कारण इरानी विदेशमन्त्रीका सल्लाहकारको मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरसका कारण इरानी विदेशमन्त्रीका सल्लाहकारको मृत्यु


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– कोरोना भाइरसले इरानी विदेशमन्त्रीका एकजना सल्लाहकारको मृत्यु भएको छ ।

सन् १९७९ मा अमेरिकी दूतावासको बन्दी संकटका बेला समेत भूमिका खेलेका होसेन शेइखओलसलेमको कोरोना भाइरका कारण मृत्यु भएको इरानको इर्ना समाचार संस्थाले जनाएको छ ।

इर्नाले जनाएअनुसार उनको बिहीबार मृत्यु भएको हो । उनी इरानी विदेशमन्त्री जवाद जरिफका सल्लाहकारको भूमिकामा थिए ।
उनले यसअघि सिरियाका लागि इरानको राजदूतका रुपमा समेत काम गरेका थिए । त्यसबाहेक उनी सन् १९८१ देखि १९९७ सम्म इरानको उपविदेशमन्त्रीको जिम्मेवारीमा थिए ।

कोरोना भाइरसका कारण इरानमा हालसम्म १०७ जनाको मृत्यु भइसकेको छ भने अरु ३ हजार ५ सय १३ जना संक्रमित छन् । मारिनेमध्ये ६ जना उच्च सरकारी एवं राजनीतिक पदाधिकारी छन् ।

सन् १९७९ मा राजधानी तेहरानमा रहेको अमेरिकी दूतावासमा कूटनीतिक बन्दी संकटका बेला उनी विद्यार्थीका रुपमा संलग्न रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरस इरानका सबै ३१ प्रान्तहरुमा फैलिसकेको छ । यसको रोकथामका लागि इरानले विश्वविद्यालयहरु बन्द गरेको छ भने अन्य साँस्कृतिक र खेलकुद गतिविधि पनि बन्द गरिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ६ : ३२ बजे

अमेरिका र फिलिपिन्सद्वारा सैन्य जानकारी आदान प्रदान गर्ने सम्झौता 

एजेन्सी –अमेरिका र फिलिपिन्सका रक्षा प्रमुखहरूले सोमबार वर्गीकृत सैन्य सूचना

कोशीमा पहिचान पक्षधरले फेरि ब्युँताए आन्दोलन

विराटनगर– कोशी नामको विरोधमा आन्दोलन गरिरहेको प्रदेश नं. १ पुनःनामांकन

मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण

उत्तरप्रदेश– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उत्तरप्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव

प्रभु केबलकारले ३० करोडको आईपीओ ल्याउँदै

काठमाडौं– प्रभु ग्रुपको स्वामित्वमा रहेको प्रभु केबलकारको सर्वसाधारणको लागि साधारण

युक्रेनलाई रूसविरुद्ध लामो दुरीको क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृति

एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडेनले किएभलाई रूसमा लामो दूरीका अमेरिकी