कुरा गरेर होइन ‘लिडर’ बन्नेले दूर दृष्टि राखेर काम गर्नुपर्छ : अध्यक्ष भट्टराई  « Khabarhub

कुरा गरेर होइन ‘लिडर’ बन्नेले दूर दृष्टि राखेर काम गर्नुपर्छ : अध्यक्ष भट्टराई 


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेतृत्वका लागि दीर्घकालीन सोच र दृष्टिकोण राख्नुपर्ने बताएका छन्।

होटल एम्बासेडोरले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईले अरुले गरेकै काम गर्ने लिडर नहुने र लिडरले अरुले भन्दा परसम्म देख्न सक्ने क्षमता राख्नुपर्ने बताए।

उनले धरैलाई मन पर्छ भनेर लोकप्रिय कुरा गर्ने मान्छेहरु कहिल्यै पनि सफल लिडर बन्न नसक्ने बताए।

उनले भने, ‘लिडर भनेको अरुले भन्दा परसम्म देख्ने हो र अरुले भन्दा पहिले देख्ने हो। अरुले गरिसकेको काम गर्ने, त्यो लिडर होइन। हामी कहाँ के छ भने, धेरैलाई मन पर्छ भनेर पपुलिष्ट कुरा गर्छन्। त्यो लिडर नै होइन।  देश र समाजलाई हित हुने काम गर्न सक्नुपर्छ।’

आफू प्रधानमन्त्री भएको बेला काठमाडौं उपत्यकालाई एक आधुनिक शहरमा परिर्वतन गर्ने महत्वकांक्षासहित सडक विस्तारका लागि गरेको निर्णय चौतर्फी विरोधका बाबजुत पनि सही निर्णय भएको स्मरण गर्दै उनले नेतृत्वले जहिले पनि समाज र राष्ट्रहित हुने निर्णय गर्न सक्नुपर्ने बताए।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ७ : २२ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका