कोरोनाको सन्त्रास : राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण र उपमेयर कप स्थगित « Khabarhub

कोरोनाको सन्त्रास : राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण र उपमेयर कप स्थगित


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण र उपमेयर कप महिला लिग फुटबल प्रतियोगिता स्थगन गरेको छ ।

विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिन राष्ट्रिय फुटबल टोलीको तयारी र उपमेयर कप स्थगन गरिएको एन्फाले जनाएको हो ।

फिफा विश्वकप तथा एशियन कप छनोटअन्तर्गत चाइनिज ताइपेई र अष्ट्रेलियासँगको खेलका लागि तयारी गरिरहेको नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण स्थगन गरिएको हो ।

घरेलु मैदानमा नेपालले आगामी चैत १३ गते चाइनिज ताइपेई र चैत १८ गते अष्ट्रेलियासँग खेल्ने तय भएको थियो ।

त्यसैको तयारीस्वरूप २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीले सातदोबाटोस्थित एन्फा मैदानमा तयारी गरिरहेको थियो । कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एशिया छनोटमा नेपाल समूह बीमा रहेको छ ।

पाँच खेल खेलको नेपाल एक जितसहित तीन अंक जोड्दै तालिकाको चौथो स्थानमा छ ।

त्यसैगरी उपमेयर कप महिला लिग फुटबल तोकिएको मितिभन्दा ढिला हुने एन्फाले जनाएको छ । एन्फाले लिगको पहिलो चरणको खेल धरान रंगशालामा आगामी चैत ३ गतेदेखि शुरु हुने जनाएको थियो ।

एन्फाले जिल्लामा जारी सम्पूर्ण फुटबल गतिविधिसमेत स्थगन गरिएको जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ८ : ५७ बजे

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको