स्पेनमा कोरोनाले एकैदिन ६९४ जनाको को मृत्यु « Khabarhub

स्पेनमा कोरोनाले एकैदिन ६९४ जनाको को मृत्यु


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ६९४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १२ हजार ६४१ पुगेको छ ।

स्पेनमा एकैदिन ५ हजार ४७८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ३१ हजार ६४६ पुगेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक स्पेनमा पनि तीव्र देखिएको छ ।

स्पेनमा संक्रमितमध्ये ३८ हजार ८० जना उपचारपछि निको भएका छन् । ६ हजार ८ सय ६१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ८० हजार ९२५ जना उपचाररत छन् ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ४ हजार ७१५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६९ हजार ४०५ पुगेको छ ।

एकै दिन ७० हजार ३९२ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या विश्वमा १२ लाख ७१ हजार ८७५ पुगेको छ ।
संक्रमितमध्ये २ लाख ६१ हजार ४२४ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ५ : ४६ बजे

राप्रपाका एकमात्रै सांसद ज्ञानेन्द्र शाहीको चुनाव खर्च २० लाख ५५ हजार रुपैयाँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट यस पटकको निर्वाचनमा एकमात्रै

कर्णाली सरकारद्वारा दुई विधेयक स्वीकृत

कर्णाली– कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय गरेको

इरानका सर्वोच्च नेताको मृत्युपछि पाकिस्तानमा हिंसा भड्किँदा सात जनाको मृत्यु

काठमाडौं- अमेरिका र इजरायली हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह

खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

पाँचथर– कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती थियो ।

ओलम्पिक कमिटीले काठमाडौंमा ‘एसियन गेम्स फन रन’ आयोजना गर्ने

काठमाडौं– नेपाल ओलम्पिक कमिटीले फागुन ३० गते शनिबार काठमाडौंमा ‘एसियन