ओलम्पिक कमिटीले काठमाडौंमा ‘एसियन गेम्स फन रन’ आयोजना गर्ने « Khabarhub

ओलम्पिक कमिटीले काठमाडौंमा ‘एसियन गेम्स फन रन’ आयोजना गर्ने


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ओलम्पिक कमिटीले फागुन ३० गते शनिबार काठमाडौंमा ‘एसियन गेम्स फन रन’ आयोजना गर्ने भएको छ ।  

ओलम्पिक कमिटीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जापानमा हुने एसियाली खेलकुद (एसियाड) को प्रचार प्रसार र खेल भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले एसियन गेम्स फन रन आयोजना गर्न लागेको जनाएको हो ।

सातदोबाटोस्थित ओलम्पिक कमिटीको कार्यालयबाट सुरु हुने एसियन गेम्स फन रन ललितपुरको बिभिन्न स्थान हुँदै पाटन डवलीमा पुगेर समापन हुने बताइएको छ ।

पत्रकार सम्मेलनमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एसियाडको सफलताको कामना र नेपाली टोलीको उत्साह बढाउन एसियन गेम्स फन रन आयोजना गर्न लागिएको जानकारी दिए । 

एसियाड सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा आयोजना हुँदैछ । २० औँ एसियाली खेलकुदमा सहभागिताका लागि एनओसीमार्फत् ३२ खेल दर्ता भइसकेको छ । 

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ४ : ५१ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको