इटालीमा कोरोनाले पछिल्लो २४ घण्टामा ५२५ को मृत्यु « Khabarhub

इटालीमा कोरोनाले पछिल्लो २४ घण्टामा ५२५ को मृत्यु


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ५२५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५ हजार ८८७ पुगेको छ ।

इटालीमा एकैदिन ४ हजार ३१६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख २८ हजार ९४८ पुगेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक इटालीमा तीव्र देखिएको छ ।

इटालीमा संक्रमितमध्ये २१ हजार ८१५ जना उपचारपछि निको भएका छन् । ३ हजार ९७७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ९१ हजार २४६ जना उपचाररत छन् ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ४ हजार ७२६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६९ हजार ४१६ पुगेको छ ।

एकै दिन ७१ हजार ७१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या विश्वमा १२ लाख ७२ हजार ५५४ पुगेको छ ।
संक्रमितमध्ये २ लाख ६१ हजार ४८५ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ५ : ५४ बजे

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ

काठमाडौँ- भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा भारतीय सुरक्षाकर्मीले छापा

चितवनमा सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले सडक जाम गरेर सभा

घुससहित भन्सार अधिकृत पक्राउ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक

काठमाडौँ महानगरलाई निर्वाचन आयोगले किन सोध्यो स्पष्टीकरण ?

काठमाडौं- निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई स्पष्टीकरण सोधेको छ । आयोगले

ओलीका चुनावी कमाण्डर दाहालले भने : यो निर्वाचन देश जलाउने र बनाउने बीचको हो

गौरीगञ्ज – नेकपा एमालेका केन्द्रिय सदस्य तथा झापा निर्वाचन क्षेत्र