फ्रान्समा कोरोना भाइरसले एकै दिन ५ सय बढीको मृत्यु « Khabarhub

फ्रान्समा कोरोना भाइरसले एकै दिन ५ सय बढीको मृत्यु


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा ५ सय १८ ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ८ हजार ७८ पुगेको छ ।

जसमा एकै दिन २ हजार ८८६ जना संक्रमित भएसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९२ हजार ८३९ जना पुगको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुकहरु तीव्र देखिएको छ ।

फ्रान्समा संक्रमितमध्ये १६ हजार १८३ जना उपचारपछि निको भएका छन् । ६ हजार ८३८ अवस्था गम्भीर रहेको जनाइएको छ भने ६८ हजार ५७८ उपचाररत छन् ।

यसैबीच विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १२ लाख ७२ हजार नाघेको छ ।

विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ४ हजार ७२८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६९ हजार ४१८ पुगेको छ ।

एकै दिन ७१ हजार २५४ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या विश्वमा १२ लाख ७२ हजार ७३७ पुगेको छ ।
संक्रमितमध्ये २ लाख ६१ हजार ४८५ जना उपचारपछि निको भएका छन् ।

हालसम्म सबैभन्दा बढी अमेरिकामा ३ लाख ३६ हजार बढी संक्रमित देखिएका छन् भने अमेरिकामा ९ हजार ६ सय बढीको ज्यान गएको छ ।

त्यसैगरी स्पेनमा १ लाख ३१ हजार बढी संक्रमित रहेका छन् । जहाँ १२ हजार ६४१ बढीको ज्यान गएको छ ।

त्यस्तै इटालीमा १५ हजार ८ सय ८७ जनाको ज्यान गएको छ भने १ लाख २८ हजार बढी संक्रमित भएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ६ : १४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै