बेलायतमा पछिल्लो २४ घण्टामा कोरोनाले ६२१ जनाको मृत्यु « Khabarhub

बेलायतमा पछिल्लो २४ घण्टामा कोरोनाले ६२१ जनाको मृत्यु


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र रुपमा देखिएको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ६२१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४ हजार ९३४ पुगेको छ ।

बेलायतमा एकैदिन ५ हजार ९०३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४७ हजार ८०६ पुगेको छ ।

बेलायतमा संक्रमितमध्ये १३५ जना उपचारपछि निको भएका छन् । ७०४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ४२ हजार ७३७ जना उपचाररत छन् ।

यसैबीच विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १२ लाख ७२ हजार नाघेको छ ।

विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ४ हजार ७२८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६९ हजार ४१८ पुगेको छ ।

एकै दिन ७१ हजार २५४ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या विश्वमा १२ लाख ७२ हजार ७३७ पुगेको छ ।
संक्रमितमध्ये २ लाख ६१ हजार ४८५ जना उपचारपछि निको भएका छन् ।

हालसम्म सबैभन्दा बढी अमेरिकामा ३ लाख ३६ हजार बढी संक्रमित देखिएका छन् भने अमेरिकामा ९ हजार ६ सय बढीको ज्यान गएको छ ।

त्यसैगरी स्पेनमा १ लाख ३१ हजार बढी संक्रमित रहेका छन् । जहाँ १२ हजार ६४१ बढीको ज्यान गएको छ ।

त्यस्तै इटालीमा १५ हजार ८ सय ८७ जनाको ज्यान गएको छ भने १ लाख २८ हजार बढी संक्रमित भएका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर हाल यूरोपियन मुलुक हुँदै अमेरिकामा तीव्र देखिएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ६ : २३ बजे

मलेसियामा मृत्यु भएका बोहराको शव ल्याउन सरकारसँग माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् टीका संग्रौला अछामको मेल्लेख गाउँपालिका–६ सोडसा कालापातालका

इरानले होर्मुजबाट गुज्रिने जहाजसँग शुल्क लिने, संसद्बाट पारित भयो प्रस्ताव

तेहरान- इरानको संसदले होर्मुज जलडमरूमध्य हुँदै गुज्रिने जहाजबाट टोल अर्थात्

प्रतिनिधिसभा बैठक : उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं- प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग,

उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको पत्र, कारबाही अघि बढाउन उपसभामुखको आनाकानी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य तथा

एमालेले रोपिदिएको कलहको बिउले राप्रपामा भाँडभैलो, बागमतीमा दुईतिर बाँडिए प्रदेश सभा सदस्य

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले सोमबार प्रदेशसभाबाट