चार महिनामा पुँजीगत खर्च साढे चार प्रतिशत मात्र « Khabarhub

चार महिनामा पुँजीगत खर्च साढे चार प्रतिशत मात्र


६ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा पुँजीगत खर्च करिब ४ दशमलव ६७ प्रतिशत मात्रै भएको छ ।

जिल्लामा चालु आवका लागि कुल बजेट तीन अर्ब ३३ करोड १६ लाख १९ हजार रुपैयाँ बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्ममा वार्षिक विनियोजनको चार दशमलव ६७ मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका कोष नियन्त्रक मन्जित अछामीले जानकारी दिए ।

जिल्लाको सबैभन्दा बढी विकासे बजेट सडक डिभिजन कार्यालय र सघन सहरी तथा भवन आयोजनाको छ । सडक डिभिजनमा चालु आवका लागि पुँजीगत बजेट एक अर्ब ७९ करोड ५० हजार रुपैयाँ विनियोजन भएकामा चालु आवको कात्तिक मसान्तसम्ममा ६ करोड ४८ लाख १२ हजार रुपैयाँ अर्थात् तीन दशमलव ६१ प्रतिशत पुँजीगत खर्च भएको छ ।

यसैगरी, सघन सहरी तथा भवन आयोजनामा रु एक अर्ब ३९ करोड दुई लाख पाँच हजार पुँजीगत बजेट विनियोजन भएकामा चालु आवको पहिलो चौमासिकमा ६ करोड ८४ लाख २२ हजार रुपैयाँ अर्थात् चार दशमलव ९२ प्रतिशत खर्च भएको नियन्त्रक अछामीको भनाइ छ ।

उक्त कार्यालयका अनुसार जिल्लाका सङ्घीय सरकार मातहतका ३६ वटा कार्यालय र यहाँका आठवटा स्थानीय तहका लागि पुँजीगततर्फ तीन अर्ब ३३ करोड १६ लाख रुपैयाँ बजेट प्राप्त छ ।
 

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  १ : ०८ बजे

चार महिनामा पुँजीगत खर्च साढे चार प्रतिशत मात्र

जुम्ला– जुम्लामा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा पुँजीगत

प्रधानमन्त्रीलगायत भ्रमण टोलीलाई बिदाइ गर्न विमानस्थलमा पुगे मन्त्री श्रेष्ठ  

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह आज पौने २ बजे भारत प्रस्थान

मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो-२०२६’

काठमाडौँ– घरजग्गा तथा निर्माण व्यवसायलाई चलायमान बनाउने, स्वदेशी लगानी आकर्षित

करिब पाँच क्विन्टल गाँजासहित एकजना नियन्त्रणमा

सुनसरी– जिल्ला प्रहरी कार्यालय सुनसरीले पाँच क्विन्टल गाँजासहित विराटनगर महानगरपालिका–१३

४६ वर्षपछि नेपाल फर्किँदै जापानी सांगीतिक समूह गोडाइगो

काठमाडौँ– नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको