कोरोनाका कारण टम क्रुजको फिल्म ‘टप गन: म्याभरिक’ को रिलिज मिति सर्‍यो « Khabarhub

कोरोनाका कारण टम क्रुजको फिल्म ‘टप गन: म्याभरिक’ को रिलिज मिति सर्‍यो


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – कोरोना भाइरसका कारण प्यारामाउन्ट पिक्चर्सको फिल्म ‘टप गन: म्याभरिक’ को रिलिज मितिमा हेरफेर गरिएको छ । २४ जुनमा रिलिजको तयारीमा रहेको यो फिल्म अब भने २३ डिसेम्बरमा रिलिज हुने भएको छ ।

टम क्रुज स्टारर सन् १९८६ को क्लासिक फिल्मको सिक्वेल ‘टप गन: म्याभरिक’ हलिउडको प्रतीक्षित फिल्ममध्ये एक हो ।

प्यारामाउन्टले यसअघि ‘अ क्वाइट प्लेस २’ लाई पनि स्थगित गरेको थियो ।

कोरोना भाइरसका कारण हलिउडका फिल्मले रिलिज मिति पछाडि सारेका छन् भने लाखौं फिल्म क्षेत्रका प्राविधिक रोजगारविहीन बनेका छन् ।

‘टप गन म्याभरिक’ १५० मिलियन डलरमा बनेको फिल्म हो । फिल्मले फाइदा उठाउनका लागि बढीभन्दा बढी टिकट विक्री गर्नुपर्ने हुन्छ ।

कोरोनाका कारण विश्वव्यापी माहोल नबनेकाले फिल्मको रिलिज मिति सरेको हो ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  १ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै