राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ३ जनाको नाम सिफारिस « Khabarhub

राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ३ जनाको नाम सिफारिस


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ३ जनाको नाम सिफारिस भएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले राष्ट्र बैंकको भावी गभर्नरका लागि ३ जनाको नाम सिफारिस गरेको हो ।

राष्ट्र बैंकको भावी गभर्नरका लागि सिफारिस हुनेमा डा. राजन खनाल, महाप्रसाद अधिकारी र चिन्तामणि सिवाकोटी छ ।

गभर्नरका लागि सिफारिस भएका डा. खनाल अर्थ मन्त्रालयका पूर्व सचिव हुन् । उनले गएको माघमा अनिवार्य अवकास पाएका थिए ।

यस्तै, महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर हुन् । हाल उनी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत छन् । यस्तै, सिवाकोटी अहिलेका डेपुटी गभर्नर हुन् । अहिले उनी राष्ट्र बैंकको कायममुकायम गभर्नर छन् ।

अर्थमन्त्री खतिवडा निकट स्रोतका अनुसार सोमबार बस्ने मन्त्रिपरिषद बैठकमा नै राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि प्रस्ताव पेश गरिने छ ।

निवर्तमान गभर्नर चिरन्जिवी नेपालको पदावधी सकिएपछि चैत ५ देखि राष्ट्र बैंकमा गभर्नर पद खाली छ ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  १२ : ४६ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै