लकडाउनका बेला ९ अर्बको सामान आयात, राजश्व संकलनको लक्ष्यमा भने चुनौती « Khabarhub

लकडाउनका बेला ९ अर्बको सामान आयात, राजश्व संकलनको लक्ष्यमा भने चुनौती


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न भन्दै सरकारले चैत ११ गतेदेखि देशव्यापी रुपमा बन्दाबन्दी (लकडाउन) घोषणा गरेको छ ।

लकडाउनका कारण अत्यावश्यक बाहेकका अन्य सेवाहरु ठप्प छन् । बजारमा नियमितजसो हुने आर्थिक गतिविधि पनि कम छन् ।

यस बीचमा भन्सार नाकाबाट भने ८ अर्ब ६१ करोड ८ लाख ९८ हजार रुपैयाँ बराबरको सामान आयात भएको छ । लकडाउनको अवधिमा आयात भएका सामानहरु अत्यावश्यक बस्तु तथा सेवासँग सम्बन्धित रहेको भन्सार विभागले जानकारी दिएको छ ।

भन्सार विभागका अनुसार चैत ११ गतेदेखि चैत २२ गतेसम्म १३ हजार २ सय ४१ टन खाना पकाउने एलपी ग्यास आयात भएको छ । ३ हजार ९ सय ४० किलोलिटर डिजेल र ३ हजार ५ सय २४ किलोलिटर पेट्रोल आयात भएको छ । यस अवधिमा २१ हजार ५ सय २० टन खाद्यान्न आयात भएको भन्सार विभागले जनाएको छ ।

लकडाउनको आदेश जारी भएयता १४ हजार ७ सय ४८ टन तरकारी र ९ हजार २ सय ५९ टन गेडागुडी आयात भएको छ । २ हजार ९ सय २ टन फलफूल आयात हुँदा ७ टन दूग्धजन्य पदार्थ आयात भएको भन्सार विभागले जनाएको छ ।

यसबीचमा ३६ करोड ५७ लाख २९ हजार मूल्य बराबरको तयारी औषधि आयात भएको छ भने ६ करोड २३ लाख ४३ हजार रुपैयाँ बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार सरकारले लकडाउनको आदेश जारी गरेसँगै अत्यावश्यक बस्तु र सेवासँग सम्बन्धित सामान मात्रै आयात भइरहेको छ ।

‘अहिले राजश्ज दर बढी हुने मेसिनरी पार्टस्, उद्योग धन्दाका कच्चा पदार्थहरुको आयात भएको छैन,’ भन्सार विभागका महानिर्देशक दाहालले भने ।

राजश्व संकलनमा चुनौती

लकडाउनका कारण भन्सार राजश्व संकलनमा ठूलै असर पर्ने देखिएको छ । सामान्य अवस्थामा पनि यस वर्ष भन्सार राजश्वको निर्धारित लक्ष्य हासिल गर्न चुनौती थियो । तर, लकडाउनका कारण अत्यावश्यक बाहेकका वस्तुको आयात रोकिएपछि लक्ष्यानुसार राजश्व संकलने हुने सम्भवना कम छ ।

लकडाउनको अवधिमा पेट्रोलियम पदार्थ खासै धेरै खपत नभएका कारण चैत १२ गते यता आयात पनि धेरै नभएको महानिर्देशक दाहालले जानकारी दिए ।

भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेका अनुसार लकडाउन अझै लम्बिदै गए राजश्व संकलनमा ठूलो असर पर्ने देखिन्छ ।

भन्सार राजश्व संकलनमा चालु आर्थिक वर्षको फागुनसम्ममा खासै फरक नपरेको भएपनि चैतबाट भने प्रभाव पर्न थालेको प्रवक्ता घिमिरे बताउँछन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  १ : २८ बजे

इरान बोल्यो : अहिले पनि अवस्था अझै युद्धजस्तै, डकैती आरोपमा अमेरिकाविरुद्ध राष्ट्र संघमा उजुरी

तेहरान- इरानले देशको वर्तमान अवस्था अझै ‘युद्धजस्तै’ रहेको बताएको छ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झापा हल्दिवारी गाउँपालिका-२ घर भएका ३०

रोल्पा घटनाका दोषीलाई कारबाही गर्न वर्षमान पुनको माग

रोल्पा– रोल्पाका सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता

बालेन पनि अध्यादेशकै बाटोमा जाँदा विपक्षी दलको मोर्चाबन्दी, एकसाथ भने- असंसदीय कदम सच्याइयोस्

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकार पनि संसद् छलेर अध्यादेशतिर

वैदेशिक रोजगारीका नाममा ठगी, तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु