भारतको ३० राज्यमा ४ हजारभन्दा धेरैमा संक्रमण, मृतकको संख्या १ सय ९ « Khabarhub

भारतको ३० राज्यमा ४ हजारभन्दा धेरैमा संक्रमण, मृतकको संख्या १ सय ९


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- कोरोना भाइरसको प्रकोप विश्वभर देखिएको छ । छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमतिको संख्या बढिरहेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमणको ४ हजार ०६७ केस देखिएको छ । कोरोना संक्रमण देखिएका २९२ जना ठिक भएका छन् ।

त्यस्तै ६५ जना विदेशी नागरिक पनि भारतमा कोरोनाले संक्रमित बनेका छन् ।

कोरोनाका कारण अहिलेसम्म भारतमा १०९ जनाको ज्यान गएको भारतीय स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै नवभारत टाइम्सको समाचारमा जनाइएको छ ।

सबै भन्दा बढी महाराष्ट्र प्रभावित

कोरोना भाइरसका कारण भारतमा सबैभन्दा धेरै महाराष्ट्रमा मानिसहरुले ज्यान गुमाएका छन् ।

महाराष्ट्रमा अहिले सम्म ४५ जनाले ज्यान गुमाएका छन् । भने ६९० जनामा संक्रमण देखिएको छ ।

त्यस्तै गुजरातमा ११ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने त्यहाँ १२२ जना संक्रमित छन् ।

त्ययस्तै दिल्लीमा सात जनाको मृत्यु भएको छ । त्यहाँ ५०३ जनामा संक्रमण देखिएको छ ।

मध्यप्रदेशमा ९, लेलंगनामा ७, पञ्जावमा ६, तामिलनाडुमा ५, कर्नाटकमा कोरोना भाइरसको संक्रमणका कारण चार जनाले ज्यान गुमाएका छन् । १५१ जना मा संक्रमण देखिएको छ । आन्ध्र प्रदेशमा तीन जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  १ : ३२ बजे

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर