सलमान खान भन्छन् – हामी डरायौं | Khabarhub Khabarhub

सलमान खान भन्छन् – हामी डरायौं


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सलमान खानले एक भिडियो सन्देश दिँदै फ्यानलाई सचेत रहन आग्रह गरेका छन् । उनले सोहिल खानका छोरा निर्वानसँगको एक भिडियो क्लिप सार्वजनिक गर्दै सबैलाई सतर्क रहन र घरमै बस्न अनुरोध गरेका छन् ।

सलमानले भिडियोमा भन्छन् – ‘हामी यहाँ आयौं र केही दिनदेखि यही अड्किएका छौं, मैले ३ हप्तादेखि बुबालाई पनि भेटेको छैन ।’

‘हामी डरायौं । बहादुरीका साथ भन्छु, हामी डरायौं ।,’ सलमान भन्छन् ।

सलमानले फिल्मको डायलग सुनाउँदै जो डरायो, ऊ मर्‍यो भन्ने संवाद यहाँ लागु नहुने बताउँदै भन्छन् – जो डरायो, ऊ बाँच्यो र अरुलाई पनि बचायो ।

उनले सबैलाई घरभित्र रहन र अरुलाई पनि घरभित्र बस्न अनुरोध गरेका छन् । उनले भिडियोमार्फत आफूहरु डराएको पनि बताउँछन् ।

हालै सलमान खानले २५ हजार फिल्म क्षेत्रका मजदुरलाई सहयोग गर्ने घोषणा गरेका थिए ।

 

View this post on Instagram

 

Be Home n Be Safe @nirvankhan15

A post shared by Salman Khan (@beingsalmankhan) on

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ४ : २८ बजे

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई