कोरोना मुक्त भारत बनाउन प्रधानमन्त्री मोदीको आह्वान | Khabarhub Khabarhub

कोरोना मुक्त भारत बनाउन प्रधानमन्त्री मोदीको आह्वान


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई कोरोना फ्रि घोषणा गर्ने वातावरण बनाउन भारतीय जनता पार्टीका कार्यकर्ताहरुलाई अपिल गरेका छन् ।

उनले देशमा ‘कोभिड १९’ का सङ्क्रमितहरु बढ्दै गएको देखिएपछि सबै भारतीय नागरिकलाई लकडाउनमा घरैमा बसेर सहयोग गर्न अपिल गरिएको प्रसंग उल्लेख गर्दै यस्तो अवस्थामा नागरिकलाई परेका समस्याहरुको समाधान गर्न पार्टी कार्यकर्ताहरुलाई आग्रह गरे ।

भारतीय जनता पार्टीको ४० औँ स्थापना दिवसका अवसरमा उनले आफ्ना कार्यकर्ताहरुलाई देश यतिबेला महामारीमा परिरहेकोले यस्तो बेलामा खटेर काम गर्न र आवश्यकताअनुसार नागरिकका समस्या र अप्ठेरोहरुमा सघाउन पनि आह्वान गरे ।

सबै भारतीय नागरिकले प्रतिबद्धता र सहयोगका साथ लड्ने हो भने भारतलाई कोरोना मुक्त देश बनाउन धेरै गाह्रो नभएको उनले बताए ।

कोरोना भाइरसको बारेमा नागरिकमा जानकारी गराउने, चेतनामूलक कार्यक्रमहरुलाई नागरिकको घर दैलोमा लैजाने र सामाजिक दुरी कायम गरेर देशमा कोरोनाका विरुद्धमा लड्ने र त्यसलाई परास्त गर्ने काम गर्न उनले भारतीय जनता पार्टीका कार्यकर्ताहरुलाई अपिल गरे ।

विश्वमा नै प्राणघातक यस भाइरसले प्रभाव पारिरहेका बेला भारतमा पनि पछिल्ला केही दिनमा कोरोना सङ्क्रमितको संख्या बढ्न थालेको छ । भारतमा सोमबार बिहानसम्म यसका सङ्क्रमितको संख्या ४ हजार ६७ जना पुगेको बताइएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअुनसार यहाँ पछिल्लो १२ घन्टामा कम्तीमा पनि ४९० जनामा सङ्क्रमण देखिएको छ । पछिल्ला केही दिनमा यहाँ ४ देखि ५ सयका दरले कोरोना संक्रमितको संख्या बढ्दै गएको बताइएको छ ।

साथै भारतमा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ । सोमबार बिहानसम्म यसबाट ज्यान गुमाउने नागरिकको संख्या १०९ पुगेको सो मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा कोरोनाका सङ्क्रमितहरु उपचारपछि निको भएर घर पनि फर्किएका छन् । उपचारपछि २९२ जना घर फर्र्किएका छन् । अरु हजार ६६६ जना भने उपचाररत रहेका छन् । उनीहरु केही अस्पताल त केही आफ्नो घरमा नै निगरानीमा रही उपचार गराइरहेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ३ : ५५ बजे

सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छ : गृहमन्त्री अर्याल

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका

सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छ : गृहमन्त्री 

काठमाडौं–  गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका

‘बेइमान विज्ञापन’ प्रकरणपछि ट्रम्पद्वारा क्यानाडाका प्रधानमन्त्रीसँग भेट अस्वीकार

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एसिया भ्रमणका लागि ह्वाइट

प्रकृति संरक्षणमा नौ हजार सेना

काठमाडौं– नेपाली सेनाले १२ वटा राष्ट्रिय निकुञ्जसहित एक वन्यजन्तु आरक्षण

आन्दोलनको अराजकताले विवादमा तानिए कलाकार

काठमाडाैं- नेपालमा तीव्र गतिमा इन्टरनेट सेवाको पहुँच विस्तार भइरहेको छ