कैलाली, कञ्चनपुर र बाग्लुङमा कोरोना भाइरसको र्‍यापिड टेस्ट शुरु | Khabarhub Khabarhub

कैलाली, कञ्चनपुर र बाग्लुङमा कोरोना भाइरसको र्‍यापिड टेस्ट शुरु


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कैलाली, कञ्चनपुर र बाग्लुङ जिल्लामा र्‍यापिड डाइग्नोस्टिक किट मार्फत कोरोना भाइरसको परीक्षण शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार क्वारेन्टाइमा रहेका तथा हालसम्म संक्रमण पुष्टि भएका व्यक्तिको समुदायका व्यक्तिको नमूना संकलन गरी र्‍यापिड किट मार्फत परीक्षण गरिने छ ।

सोमबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कैलाली, कञ्चनपुर र बाग्लुङमा क्वारेन्टाइनमा रहेका र कोराना संक्रमित व्यक्तिको छिमेक तथा समूदायमा रहेकाहरुको परीक्षण शुरु गरिएको बताए ।

प्रवक्ता डा देवकोटाले कोरोना भाइरस संक्रमणको आशंकामा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र हालसम्म १६ सय ९७ वटा नमूना परीक्षण भएको बताए ।
स्वास्थ्य मन्त्रालयले धुलिखेल, भरतपुर र भैरहबा पनि पोर्टेबल पीसीआर मेसिन मार्फत कोरोना परीक्षणको काम शुरु भएको जनाएको छ । यस्तै काठमाडौं उपत्यका बाहिर ९ वटा ठाउँमा कोरोना परीक्षणको काम शुरु भएको डा देवकोटालको भनाइ छ ।

कोरोनाको आशंकामा देशभरका विभिन्न अस्पतालमा १ सय ७ जना व्यक्ति आइसोलेसनमा रहेको र बाहिर देशबाट आएका ९ हजारभन्दा बढी व्यक्ति क्वारेन्टाइम रहेको डा देवकोटाले जानकारी दिए । ‘हाल काठमाडौं उपत्यकामा १२ जना र उपत्यका बाहिर ९५ जना गरी कुल १ सय ७ जना आइसोलेसनमा हुनुहुन्छ,’ प्रवक्ता डा देवकोटाले भने, ‘यसैगरी देशैभरी ९ हजार १ सय ६८ जना क्वारेन्टाइनमा हुनुहुन्छ ।’

स्वस्थ्य मन्त्रालयको मोवाइल एप्समा १२ सय ९१ जनाले २४ घण्टाभित्र कोरानाको लक्षण भएको भन्दै जानकारी गराएको प्रवक्ता डा देवकोटाले बताए । उनीहरुमध्ये ५ जनालाई रेड जोनमा राखिएको छ । उक्त एप्समा हालसम्म आफूमा कोरोनाको लक्षण देखिएको भन्दै ९ हजार ३ सय ८८ जनाले जानकारी गराएका छन् ।

चैत महिनामा विदेशबाट आएका व्यक्तिको नमूना संकलन गर्न उपत्यका भित्रका मेयरसँग छलफल भएको प्रवक्ता देवकोटाले बताए ।

कोरोनाका विरामीका लागि १० वटा एम्बुलेन्स तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका विरामीका लागि १० वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको जनाएको छ ।

प्रवक्ता देवकोटाले स्वास्थ्य मन्त्रालयको ४ वटा, राष्ट्रिय एम्बुलेन्स सेवाको ५ वटा र काठमाडौं महानगरपालीकाको एउटा गरी काठमाडौंमा १० वटा एम्बुलेन्स कोरोनाका बिरामीको लागि तयारी अवस्थामा राखिएको बताए ।

ती एम्बुलेन्स सेवा लिनका लागि आवश्यक परेका व्यक्तिले १०२ मा फोन गर्न सक्ने प्रवक्ता डा देवकोटाको भनाइ छ ।

नेपाल मेडिकल काउन्सिलले कोरोना भाइरसको रोकथाम तथा संक्रमितहरुको उपचारको तयारीका विषयमा वीर, ट्रमा, सिभिल, काठमाडौं मेडिकल कलेज, पाटन र टिचिङ अस्पतालको स्थलगत अनुगमन गरेको पनि देवकोटाले जानकारी दिए ।

यस्तै स्वास्थ्य मन्त्रालयका ११ औं तहका कर्मचारीको नेतृत्वमा प्रदेश तथा स्थानीय तहमा भएका कर्मचारीको व्यवस्थापन र आकलन गर्ने उनले बताए ।

उपत्यका बाहिर पनि कोरोना संक्रमण देखिएकाले त्यहाँका अस्पतालको कर्मचारी व्यवस्थापनको अवस्थाबारे तीन दिन भित्र प्रतिवदेन उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिइएको देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ५ : ३० बजे

आँबुखैरेनी मुग्लिन सडक सोमबार राति दुई घण्टा बन्द हुने

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी मुग्लिन सडकखण्ड सोमबार राति दुई

कुलमानले काटिदिए उद्योगको बिजुली, निजी क्षेत्रको गुनासो : न्याय खोज्न अब कहाँ जाऊँ ?

काठमाडौं– नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचमा डेडिकेटेड फिडर र ट्रंकलाइन

काठमाडौंमै मादक पदार्थ पिएर चलाउँछन् यात्रु बस, समातिए सातजना चालक

काठमाडौं- मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाउने सातजना

एकैसाथ ३६ जिल्लाका सीडीओ सरूवा : पर्सामा दाहाल, कैलालीमा रेग्मी

काठमाडौं- गृह मन्त्रालयले देशभरका ३६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको