एकैसाथ ३६ जिल्लाका सीडीओ सरूवा : पर्सामा दाहाल, कैलालीमा रेग्मी « Khabarhub

एकैसाथ ३६ जिल्लाका सीडीओ सरूवा : पर्सामा दाहाल, कैलालीमा रेग्मी


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृह मन्त्रालयले देशभरका ३६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको एकसाथ सरुवा गरेको छ।

मन्त्रालयले आइतबार रुपन्देही, कैलाली, महोत्तरी, पर्सा, बाँके, बर्दिया, रौतहट र कपिलवस्तुसहितका प्रमुख जिल्ला अधिकारीहरूको सरूवा गरेको हो।

सरूवाका क्रममा मन्त्रालयले केही जिल्लामा नयाँ प्रजिअ तोकेको छ । अन्यलाई सरूवा गरेर नयाँ मुकाम तोकिएको छ ।

गृहले चीनसँग जोडिएको दोलखाका प्रजिअ भोला दाहाललाई भारतसँग जोडिएको पर्साको प्रजिअ बनाएर पठाएको छ।

उता सुस्ता पश्चिमका हिरालाल रेग्मीलाई सुदूरपश्चिमको राजधानीसमेत रहेको कैलालीको प्रजिअ बनाएर पठाइएको छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई अध्यागमन कार्यालय गौतम बुद्ध विमानस्थलको प्रमुख बनाइएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ७ : २५ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल